• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ २४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नवजात शिशु र परिवारलाई ३५ लाख दिने सहमति

"आमाको भेन्टिलेटरमा राखेर उपचार हुँदै "

  •    संवाददाता/ बुधबार, साउन ३१, २०८०  

  • नवजात शिशु र परिवारलाई राहतस्वरूप ३५ लाख रुपैयाँ दिने सहमतिपछि बिर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा देखिएको विवाद समाधान भएको छ।

    बिर्तामोड १ निवासी २७ वर्षीया सृजना संग्रौला खनालको प्रसूति गराउने क्रममा चिकित्सकले लापरबही गरेको भन्दै उहाँका आफन्तले दुई दिनदेखि अस्पतालमा आन्दोलन चर्काएका थिए। तर, अस्पताल प्रशासन र पीडित परिवारबीच भएको वार्ताका क्रममा सृजनाको उपचारमा लागेको सबै खर्च मनमोहन अस्पतालले व्यहोर्न, उनको परिवारलाई राहतस्वरूप २० लाख रुपैयाँ दिने र नवजात शिशु (छोरी) को स्वास्थ्य, शिक्षाका लागि १५ लाख रुपैयाँ बैंकमा जम्मा गर्नेलगायतका सहमतिपछि अस्पतालमा देखिएको विवाद समाधान भएको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले जानकारी दिनुभयो।

    साउन २७ गते अस्पताल भर्ना भएकी सृजनाको प्रसूति गराउने क्रममा डाक्टरले लापरबाही गरेको भन्दै उहाँका आफन्तले अस्पतालमा सोमबारदेखि उपचारमा संलग्न चिकित्सकलाई कारबाही गरिनुपर्ने मागसहित आन्दोलन गरेका थिए। चिकित्सकको लापरबाहीले सृजनालाई मृत्युशय्यामा पुर्याएको उहाँका आफन्तको दाबी छ।

    बिर्तामोड नगरपालिका १ घर भएकी २७ वर्षीया सृजनाको अस्पतालमा कार्यरत डा.एकराज गौतमले प्रसूति गराएका थिए। डा. गौतमले २७ गते राति नै सिर्जनको शल्यक्रिया गर्दै शिशु (छोरी) सकुशल निकाल्नुभएको थियो। तर, राति सवा नौ बजे सृजनालाई यहाँ उपचार सम्भव नभएको भन्दै बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा रेफर गरिएको थियो।

    मनमोहन अस्पतालमा स्टाफ नर्सका रूपमा कार्यरत संग्रौला प्रसूतिका लागि २७ गते साँझ साढे ६ बजे अस्पताल भर्ना हुनुभएको थियो। तर, उहाँको शल्यक्रियापछि उच्च रक्तचाप देखिएसँगै स्वास्थ्य अवस्था गम्भीर भएकाले बिर्तासिटी रेफर गरिएको अस्पताल प्रशासनले जनाएको छ।

    उच्च रक्तचापका कारण ‘ब्रेन हेमरेज’ भएसँगै उहाँको अहिले बिर्तामोडस्थित बिर्तासिटी अस्पतालको ‘भेन्टिलेटर’मा राखेर उपचार भइरहेको बताइएको छ।

    सृजनाको शल्यक्रियापश्चात् होस आएको तर करिब एक घण्टापछि उनको स्वास्थ्यमा समस्या देखिँदै गएको बताइएको छ। सृजनाको स्वास्थ्यमा जटिल समस्या आउँदासमेत उनका आफन्तलाई जानकारी नगराएको र अन्तिम अवस्थामा आएपछि मात्रै डा.गौतमले रेफर गरेको भन्दै डा. गौतमलाई तत्काल कारबाही गरी उनको लाइसेन्ससमेत खारेज गरिनुपर्ने माग राख्दै आफन्तले सोमबारदेखि आन्दोलन चर्काएका थिए। पीडित पक्षसँग पटक–पटक वार्ता भए पनि निष्र्कषमा नपुग्दा मंगलबार मध्यान्हसम्म मनमोहन अस्पताल अशान्त बनेको थियो।

    अस्पताल परिसर अशान्त बनेसँगै सोमवार साँझदेखि मनमोहन अस्पताल परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र अस्पताल सुरक्षित गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.