• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा

"दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा "

  •    अभियान हाम्रो डट कम / बिहिबार, फागुन २८, २०८२  

  •      अँध्यारो युगमा बन्दुकसँग लडेका तपाईंका हातहरूले आजको डिजिटल युगमा मोबाइल र कम्प्युटरसँग लड्न सकेनन्। तपाईंहरूले कन्टेन्ट क्रियशन गर्न सक्नु भएन, तर गणतन्त्र नेपालको क्रियशन गरिसक्नु भएको छ। तपाईंहरूले भिडियोलाई बुष्ट गरेर भाइरल बनाउन सक्नु भएन, तर संविधान बनाइसक्नु भएको छ। तपाईंहरूले एआईबाट कसैको डिपफेक चरित्र हत्या गर्न सक्नु भएन, तर न्याय र समानताको गजमा उभिएको नेपाल बनाइसक्नु भएको छ। अहिले प्रोक्सी वार [Proxy war] चलिरहेको छ। यो प्रोक्सी वारमा हारियो भनेर चिन्ता नलिनु होला।
    May be an image of text
            यो डिजिटल युगमा फिल्टर हालेर पनि सुन्दर बन्न पाइन्छ। साहित्यकार बन्नका लागि आफैं कविता लेख्नु पर्दैन, एआईले लेखिदिन्छ। गीत गाउनका लागि गायक चाहिँदैन, एआईले नै गाइदिन्छ। नेता समाजले बनाउँदैन, इन्टरनेटले बनाई दिन्छ। कार्यकर्ता संगठनले बनाउँदैन, मोबाइलले बनाई दिन्छ। भोट एआईले हालेको हैन, तर मान्छेको हात–हात र औँला–औँलामा झुन्डिएको अल्गोरिदमले पनि भोट हाल्न सक्छ। जनताका हातहरूमा, जनताका दिमागहरूमा, जनताको चेतनाहरूमा साइबर आक्रमण गरिएको छ। शक्तिशाली देशहरु लाई मिसाईलले आक्रमण गरिन्छ। कमजोर देशहरु लाई मोनिटाइजेसनले आक्रमण गरिन्छ।
    May be an image of one or more people and text
            तपाईंहरूका पनि गम्भिर गल्तीहरु छन्। निकै ठूलो त्याग र बलिदानीले देशको व्यवस्था परिवर्तन गर्नु भएको मान्छेहरुले पटक–पटक पार्टीको नाम परिवर्तन गर्नु भयो, पटक–पटक पार्टीको चुनाव चिन्ह परिवर्तन गर्नु भयो, पटक–पटक पार्टीका साथी परिवर्तन गर्नु भयो। तपाईंहरूलाई आफू सँग भएका सबै नाम, चिन्ह र साथीहरूसँग आत्मग्लानि थियो। जनताको मनमा हसिया–हठौडा थियो, तर तपाईंहरूले ताराको टोपी लगाउनु भयो। जब आफू सँग भएको कुरा आफैंलाई मन पर्दैन, तब अरूले पनि तपाईंहरूलाई मन पार्दैनन्। आजको हारको कारण यही हो। अब तपाईंहरू इतिहासकार बनिसक्नु भएको छ, भविष्यको चिन्ता लिने जिम्मेवारीबाट मुक्त भइसक्नु भएको छ।
      लेखक को वालबाट साभार   दिल निशानी मगर
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    ताजा अपडेट
    • नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    • दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा
    • समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    • आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.