अस्पतालमा घटेकाे एक घटनामा उनले यहाँका चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका थिए । उनले कर्मचारी माथि पनि दुर्ववहार, गालीगलाैज गरेका कर्मचारी बताउँछन् ।
अस्पतालले उनी बिरुद्ध जाहेरी दिएपछि प्रहरीले बैजनाथस्थित घरबाटै दर्लामीलाई पक्राउ गरेकाे बाँके प्रहरीका सुचना अधिकारी डिएसपी दीपक पातली बताउँछन् ।
अस्पतालमा उपचारका बेला हटट्याग भएर विरामीकाे मृत्यु भएकोमा उक्त घटनालाई डाक्टरकाे लापरवाही भन्दै खजुरा/ बैजनाथ पालिकाका नागरिकले अस्पतालमा आन्दोलन गरेका थिए ।
पुर्व साँसद दलबहादुर सुनार, पुर्व वडा अध्यक्ष तीलविर सुनार रास्वपाका युवा नेता भनिने खगेन्द्र सुनार समेत सहभागी उक्त भीडमा पत्रकार दर्लामीले चिकित्सकलाई नामै किटेर खुट्टा काटने र मार्ने धम्की दिएका थिए ।
यस घटनामा अराजकता मच्चाउने थप पत्रकार र युवाहरूको खाेजी भैरहेकाे प्रहरीले जनाएको छ ।








