• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?

" नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?  "

  •    अभियान हाम्रो डट कम / बिहिबार, फागुन २८, २०८२  

  • फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ। प्रारम्भिक नतिजाअनुसार प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक १२५ सिट हासिल गरेको छ भने समानुपातिकतर्फ पनि सर्वाधिक मत पाएको छ।

     

    यसैगरी नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी क्रमशः दोस्रो, तेस्रो र चौथो शक्तिका रूपमा देखिएका छन्। श्रम संस्कृति पार्टी पाँचौँ तथा राप्रपा छैटौँ शक्तिका दलका रूपमा संसदमा रहने भएका छन्।

    निर्वाचन सकिएसँगै निर्वाचित सांसदहरूले पाउने सुविधा र भत्ताबारे जनचासो पनि बढेको छ। संघीय संसद् सचिवालयको प्रचलित व्यवस्था अनुसार सांसदहरूले विभिन्न शीर्षकमा पारिश्रमिक, भत्ता तथा अन्य सुविधा प्राप्त गर्ने व्यवस्था छ।

    निर्वाचित भएर पहिलो पटक काठमाडौं आउँदा सांसदहरूले यात्रा खर्च पाउने व्यवस्था रहेको छ, जसमा उनीहरू आफू सवार जहाज वा बसको टिकट संसद् सचिवालयमा बुझाउनुपर्ने व्यवस्था रहेको छ। काठमाडौंमा उनीहरूलाई खाना र खाजावापत दिनको २ हजार ५०० रुपैयाँका उपलब्ध गराउने व्यवस्था रहेको छ।

    सांसद निर्वाचित भएपछि पहिलो पटक फर्निचर खर्चका लागि १५ हजार र उपत्यकामा घर नभएका सांसदलाई घरभाडा वापत मासिक १८ हजार रुपैयाँ दिनुको साथै घर भएका सांसदलाई घर मासिक ९ हजार रुपैयाँ उपलब्ध  हुने व्यवस्था छ।

    साथै सञ्चार खर्चका लागि मासिक ९ हजार रुपैयाँ तथा पानी खर्चका लागि २ हजार र मासिक तलब ६६ हजार ७० रुपैयाँसहित विशेष भत्ता १ हजार रुपैयाँ उपलब्ध हुने व्यवस्था रहेको छ।

    संसद् बैठक वा संसदीय समिति बैठक बसेको दिन सांसदहरूले दैनिक १ हजार रुपैयाँ बैठक भत्ता र सवारीसाधन भाडाका लागि थप १ हजार रुपैयाँसहित १५ दिन संसद् बैठक बसेमा बैठक भत्ताबाट मात्रै ३० हजार रुपैयाँसम्म प्राप्त हुन सक्छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.