• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पाेखराकाे पातले छाँगा दिगो संरक्षणबारे महत्वपूर्ण सुझावहरू


  •    संवाददाता/ बिहिबार, साउन २५, २०८०  

  • प्राकृतिक सुन्दरताले भरिपूर्ण पातले छाँगाको संरक्षणको लागि के कसरी अघि बढ्दा अझ दिगो संरक्षण हुन्छ भन्नेबारे जिज्ञासा राख्दा महत्वपूर्ण सुझावहरू आएका छन् । सबै सहभागी मित्रहरूलाई आभार व्यक्त गर्दछु । केही मित्रहरूले त्यहाँको भौगोलिक अवस्था, दीर्घकालिन अवस्था र कानूनी पाटोको बारेसमेत जिज्ञासा राख्नु भएकोले मैले अध्ययन एवं सुने जाने अनुसार निम्न कुराहरू रहेका छन्;-

    – भौगोलिक अवस्थाः
    पोखराको भौगोलिक अवस्थाबारे केही भूगोलविद्(विज्ञ) राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरूले बेला बेलामा अध्ययन गरी प्रतिवेदन र अमूल्य सुझावहरू दिदै आईरहेका छन् । तीमध्ये – प्रशिद्ध भूगोलविद् टोनी हेगन (वैज्ञानिक), हर्क गुरुङ, डा.कृष्ण के.सी. र सन् १९९८ मा खानी तथा भूगर्भ विभाग र जिओ साइन्स ईन्स्टिच्युट अफ जर्मनीले दिएको प्रतिवेदन र सुझाहरू महत्वपूर्ण छन् । उक्त प्रतिवेदनमा पोखराको भू-बनावट (छोरेपाटन क्षेत्रको समेत), माटोको बनावट, बलौटे, जमिन राम्ररी नखाँदिएको र भित्र-भित्रै छिद्रहरू भएको अवस्थामा छ । अर्थात् यहाँको चट्टानमा अधिक मात्रमा चुनढुङ्गाको प्रतिशत पाईने र पानीमा उक्त चुनढुङ्गा घुलमिल हुँदा सहजै पग्लिन गई जमिन भाँसिएर ओढार गुफा र छाँगो बन्ने गरेका छन् । फुस्रेखोलाको वरिपरीको क्षेत्र जोखिमपूर्ण देखिन्छ । यस क्षेत्रमा भवन, पुल लगायतका निर्माण कार्य जोखिमपूर्ण छन् । भौतिक पूर्वाधार भारको कारण जमिन फाट्ने, चिरा पर्ने वा खाल्टो परेर धर्ती फाँटहरू बन्न सक्छन् । तसर्थ उक्त क्षेत्रमा भवन लगायतका संरचना निर्माण नगरी हरियाली क्षेत्रको रूपमा मात्र विकास गर्नुपर्छ ।

    – दीर्घकालिन गुरूयोजनाः
    सम्बन्धित निकायले दीर्घकालिन योजना नबनाई पातले छाँगा र गुप्तेश्वर गुफाको बिचबाट सिदार्थ राजमार्ग निर्माण गर्दा अहिले राजमार्ग कै कारण यी प्राकृतिक सम्पदाहरु जोखिमपूर्ण अवस्थामा छन् । एउटै सम्पदा क्षेत्र बनाउनु पर्नेमा दुई क्षेत्रमा विभाजित छन् । पातले छाँगो, गुप्तेश्वर गुफाभित्रको सुरूङबाट अलौकीक रूपमा देखिन्छ तर उक्त सुरूङ सिद्धार्थ राजमार्गभन्दा मूनिबाट जाने हुँदा ज्यादै जोखिमपूर्ण छ । यी दुई सम्पदालाई समेटेर अन्तराष्ट्रिय स्तरका विज्ञहरूद्वारा दीर्घकालिन गुरूयोजना निर्माण गरेर मात्र दिगो संरक्षण हुन्छ ।

    अग्रजहरूको भनाई अनुसार पातले छाँगो बिस्तारै खिईदै खिईदै जादा प्राचिनकालको जस्तो देखिदैन । यस छाँगोलाई प्राचिनकाल कै जस्तो छाँगो हुने गरी(पुरातत्व विभाग परामर्शमा) पुनः निर्माण गर्नुपर्छ ।

    – विद्यामान कानूनी अवस्थाः
    “नेपालको संविधान २०७२ र स्थानिय सरकार सञ्‍चालन ऐन २०७४ को दफा ९७ को उपदफा २ मा गाउँपालिका तथा नगरपालिका सार्वजनिक तथा सामुदायिक सम्पत्ति बेचबिखन गर्न वा अरु कुनै व्यहोराले हक हस्तान्तरण गर्न वा लिजमा दिन पाउने छैन भन्ने व्यवस्था छ ।” उल्लिखित प्रचलित कानूनलाई समेत दृष्टीगत गरी अघिल्लो महानगर प्रमुखको नेतृत्वको टिमले अगाडी बढाउँदा राजनितिक पार्टीहरू, विज्ञहरू, नागरिक समाजको साझा धारणाले रोकिएको स्मरण गराउँदै यी प्राकृतिक सम्पदा पोख्रेलीहरूको गहना भएकोले व्यापक संवाद, छलफल, अन्तरक्रियाबाट मात्र निचोडमा पुग्ने हो की ?………………. क्रमश…

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.