• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, फागुन ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोंचोकों तमु परिवार, पोखराले मुक्तिनाथ दर्शन तथा मुक्तिक्षेत्र अवलोकन भ्रमण सम्पन्न गरेका छन 


  •    संवाददाता अभियान हाम्रो / आइतबार, कार्तिक २०, २०७९  

  • २० कार्तिक २०७९ पोखरा ।

    पोखरा-१४ सगरमाथाटोलमा अवस्थित पोंचोकों तमु परिवार (समाज) ले ३ दिने मुक्तिनाथ दर्शन तथा मुक्तिक्षेत्र अवलोकन भ्रमण यहि कार्तिक १७ गतेदेखि हिजो १९ गतेसम्म सम्पन्न गरी पोखरा फर्केका छन ।
    यो मुक्तिक्षेत्र हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङमा पर्दछ ।

    .

    लमजुङको मर्स्याङ्दी-१ र २ घनपोखरा र क्होलासोथर-३ घले गाउँ, बगुम, खोगुम, काम्दु र फुल्म्रो गाउँदेखि बसाइँसराइको क्रममा पोखरा आइ बसोबास गरेका तमुहरुको सामाजिक संस्था पोंचोकों तमु परिवार (समाज) हो ।

    २०६८ सालमा स्थापना भइ जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत दर्ता भएको र हालसम्म आइपुग्दा समाजमा ११९ घरधुरी आवद्ध रहेको कुरा समाजका उपाध्यक्ष बम बहादुर टुक्ल्हेप्री तमुले बताएको छ ।
    यो उमेरमा घरै बसिराख्नु भन्दा धार्मिक, सामाजिक र साँस्कृतिक चेतना अभिवृद्धिका लागि नयाँ नौलो ठाउँहरुको अध्ययन अवलोकन गरिनुपर्छ भन्ने हेतुले भ्रमणमा निस्केका हौं समाजका अध्यक्ष सु.मे. राज कुमार क्रोम्छें तमु बताउँछन् ।

    पोंचोकों तमु परिवारका अध्यक्ष सु.मे.राज कुमार क्रोम्छें तमु र समाजका महिला उपसमितिका संयोजक चिनमाया त्होर्जे तमुको संयोजकत्वमा समुहगत तीन समुहमा विभाजन गरी भ्रमण तय गरेका थिए ।

    यसरी तीन समुहमा विभाजन गरिए अनुसार समुह (क) मा सचिव शेर बहादुर टुक्ल्हेप्री तमु र सहसचिव योगेश क्याप्छैं तमु, समूह (ख) मा निवर्तमान उपाध्यक्ष इन्स्पेक्टर जीवराम टुक्ल्हेप्री तमु र युवा उपसमितिका संयोजक जीत बहादुर टुक्ल्हेप्री तमु, यसैगरी समूह (ग) मा सु.मे. गोपाल बहादुर त्होर्जे तमु र पूर्ण बहादुर टुक्ल्हेप्री तमुले संयोजन गरेका थिए ।

    यसरी सम्पन्न भएको मुस्ताङ भ्रमणमा ९३ जना पोंचोकों तमु परिवार र ६ जना तीनवटा बसका स्टाफ गरी जम्मा ९९ जनाको भ्रमण टोलीलाई निवर्तमान अध्यक्ष क्या. कुम राज सुकु तमु, वर्तमान उपाध्यक्ष बम बहादुर टुक्ल्हेप्री तमु र नेपाल राष्ट्र बैंकका पूर्व सहनिर्देशक तिल बहादुर क्याप्छैं तमुको विशेष नेतृत्वमा सुविधाका लागि खाना बस्न र यातायातको व्यवस्था मिलाएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.