• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ २४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

तमू धीं कोरियाले “ङ्योई ताँ भर्चुअल तमू संवादमा हामी” अप्रिल ९ तारिकबाट शुरु गर्दै


  •    बोम्जन गुरुङ/ बुधबार, चैत २३, २०७८  

  • तमू धीं दक्षिण कोरियाले “ङ्योई ताँ भर्चुअल तमू संवादमा हामी” कार्यक्रम गर्ने भएको छ । संस्थाले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत यही अप्रिल ९ तारिकबाट पहिलो भागको शुरुवात गर्दै श्रृंखलाबद्ध रुपमा फरक फरक विषयमा विभिन्न अतिथि वक्ताहरुलाई आमन्त्रित गरी जूम भर्चुअल मार्फत उक्त कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
    उक्त संवाद श्रृंखलाको पहिलो भाग अन्तर्गत स्वदेश फिर्तीपछिको सम्भावना र चुनौती विषयमा श्रोत व्यक्तिहरु पूर्व योजना आयोग परिषद सदस्य डा. गणेश गुरुङ, मुक्तिनाथ विकास बैंकका सहायक नायव सिईओ तिल बहादुर गुरुङ, नेपाली राजदूतावास सउल कोरियाका श्रम काउन्सिलर रमा भट्टराई, व्यवसायी तथा रिटर्निज विजय गुरुङसँग कार्यक्रम सहजकर्ता मञ्जु गुरुङले सञ्चालन गर्ने भएको छ । वक्ताहरुको प्रस्तुतिपछि सहभागीको जिज्ञासा र प्रश्नमा अन्तरक्रिया पनि गरिने भएकोले कार्यक्रम अझ रोचक र उत्कृष्ट बन्ने आयोजकले दावी गरेको छ ।
    यस संवाद कार्यक्रमको उद्धेश्य तमू जातीको भाषा, लिपी, भेषभूषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने, विश्वभरका तमूहरुको एकता अझ मझबुत बनाउने मात्र नभएर देशको सर्वाङ्गगीण विकासमा टेवा पुर्याउने रहेकोले विभिन्न विधा, पेशा र क्षेत्रमा आबद्ध विज्ञ व्यक्तित्वहरुलाई जोड्दै समयको अनुकूलता बमोजिम कार्यक्रमको अवधि श्रृंखलाबद्ध निरन्तर अघि बढाईने कार्यक्रम संयोजक लेसन गुरुङले जानकारी दिए । संस्थाले तमू धीं दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष लेसन गुरुङ संयोजक रहने गरी सन्तोष गुरुङ, मञ्जु गुरुङ, विजय गुरुङ, दर्पण गुरुङ, बोम्जन गुरुङ र प्रितम गुरुङ सहितको सात सदस्यीय कार्यदल गठन गरेको थियो ।
    संस्था सम्बद्ध व्यक्तित्वहरुसँग आवश्यक छलफल, सुझाव र परामर्श गर्दै कार्यदल उक्त भर्चुअल संवादको तयारी गरेको हो । गौरवशाली इतिहास बोकेको तमू धीं दक्षिण कोरियाद्धारा आयोजित “ङ्योई ताँ भर्चुअल तमू संवादमा हामी” कार्यक्रमको प्रत्येक श्रृंखलालाई सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्णमा सहयोगको लागी आयोजकले हार्दिक अनुरोध गरेको छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.