पोखरा – ‘सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७८’ फागुन २८ गते शनिबार राजधानीमा सम्पन्न भयो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती, काठमाडौंको आयोजनामा सम्पन्न अवार्डमा नृत्य तर्फको उत्कृष्ट निर्देशकको उपाधि निर्देशक स्मृति तिमिल्सिनाले जित्नु भएको छ । उहाँले बनकी चरी बोलको गीतबाट सो उपाधी हात पार्न सफल हुनुभएको हो ।
एक दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा कडा मेहनतका साथ काम गरिरहेकी स्मृतिलाई उपाधि पाउँदा निकै खुसी लागेको हामीलाई बताउनु भयो ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती, काठमाडौंको आयोजनामा सम्पन्न अवार्ड कार्यक्रममा गायक बमबहादुर कार्कीलाई दीर्घसाधना सम्मान अर्पण गरिएको थियो ।
हाम्रो अभियान अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन भन्ने मुल नारा सहित सम्पन्न अवार्ड कार्यक्रममा ३६ बिधामा अवार्ड प्रदान गरिएको थियो । अर्वाड प्राप्त गरेपछि आर्थिक सन्देशसँग कुरा तिमिल्सिनाले आफुलाई यो अर्वाडले निकै उर्जा मिलेको बताउनु भयो । साथै उहाँले आगामी दिन अझ सक्रिय भएर गीत संगीतमा लाग्ने प्रेणा मिलेको बताउनु भयो ।