काठमाडौं, आइतबार।GenZ Red Force को केन्द्रीय समिति बैठक आइतबार केन्द्रीय संयोजक स्मृति तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले आगामी मंसिर ३ गतेदेखि देशव्यापी रूपमा चालु हुने ‘गाउँ–बस्ती अभियान’ लाई सफल तथा संगठित बनाउने उद्देश्यले महत्वपूर्ण निर्णयहरू गरेकाे छ।
बैठकका अनुसार, केन्द्रीय समिति सदस्यहरूलाई आफ्ना–आफ्ना प्रदेश र तोकिएका क्षेत्रहरूमा वडा समिति निर्माणसम्मको जिम्मेवारी प्रदान गरिएको छ। संगठनलाई सुदृढ बनाउँदै एक महिनासम्म सञ्चालन हुने अभियानलाई प्रभावकारी बनाउन सातै प्रदेशमा प्रदेश इन्चार्ज तोकिएको बैठकले जनाएको छ।
प्रदेश इन्चार्जको सूची
बागमती प्रदेश – क. सुरज परियार
गण्डकी प्रदेश – क. सुबास अधिकारी (लियो सुबास)
मधेश प्रदेश – क. सरोज खड्का
लुम्बिनी प्रदेश – क. अस्मिता खत्री
कोशी प्रदेशn – क. सागर ढुङ्गाना
सुदूरपश्चिम प्रदेश – क. प्रेम कार्की
कर्णाली प्रदेश – क. सिमा शाही
उपत्यका विशेष प्रदेश (विशेष समन्वय) – क. सन्दीप लुइँटेल
बैठकले प्रदेश संयोजक तथा इन्चार्जको समन्वयमा कमिटी गठनलाई तीव्रता दिन निर्देशन पनि दिएको छ।
गाउँ–बस्ती अभियानको उद्देश्य
बैठकले ‘गाउँ–बस्ती अभियान’ मार्फत देशका विभिन्न क्षेत्रका
विद्यार्थी, किसान, श्रमिक, दलित, जनजाति, महिला र युवाहरूका समस्या प्रत्यक्ष रूपमा सुन्न र उनीहरूका मुद्दालाई संगठनको मुख्य कार्यदिशा र एजेण्डा बनाउँदै वडा स्तरसम्म जनसंगठन विस्तार गर्ने निर्णय गरेको छ।
यस अभियानमार्फत संगठनले स्थानीय समस्यालाई केन्द्रमा राख्दै जमिन–स्तरमा कार्यवाई र युवाको भूमिकालाई सशक्त बनाउने रणनीति अघि सारेको छ।
#redforce
#red








