प्रधानमन्त्री पुष्पकमल दाहाल हिमाली जिल्ला मुस्ताङ आउने भएका छन्।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ स्थित कागबेनी बाढी प्रभावित क्षेत्रको अवलोकन तथा जनतासँग माओवादी विशेष रुपान्तरण अभियानलाई सम्बोधन गर्न उनी असोजको तेस्रो हप्ता मुस्ताङ आउने भएका हुन्। ‘उहाँका मुख्य समस्या कोरलानाकालाई पुनः सञ्चालन गर्ने, वर्षौंदेखि भूमीसम्बन्धी समस्या र नदीको उकासले बस्ती जोखिममा परेको समस्या आदी रहेको पाइयो। यी समस्यालाई सम्बोधन हुनेगरी प्रधानमन्त्रीजी मुस्ताङ आउनु हुन्छ,’ ईञ्चार्ज लामाले भने।
जनतासँग माओवादी विशेष रुपान्तरण अभियान कार्यक्रमको उत्तरार्द्धमा बिहीबार जोमसोममा आयोजित पत्रकार अन्तर्क्रियामा माओवादी केन्द्रका मुस्ताङ जिल्ला ईञ्चार्ज कपिल लामाले जनताका कुरामा सुनाउन मुस्ताङ आमन्त्रण गरेको बताए मिति भने तय नभएको उनले बताए।








