सिन्धुली, ७ बैशाख ।
सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु भएको छ । जबरजस्ती करणीकाे आराेपमा पक्राउ परेका सुनकाेशी गाउँपालिका ३ जुम्लीडाँडाका २२ बर्षिया युवक श्रीकृष्ण विककाे मृत्युु भएको हाे । युवक आफैले थुनुवा कक्षकाे शाैचालयमा आत्महत्या गरेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्यप्रकास सुवेदीकाे भनाइ छ ।
डिएसपी सुवेदीका अनुसार जबर्जस्ती करणी आराेपमा पक्राउ परेका युवकलाई गएको बैशाख ३ गते म्याद थप गरि अनुसन्धान भईरहेकाे थियोे । प्रहरीले आत्महत्या भने पनि मृतक युवकका परिवारले आशंका गर्दै घटनाको सत्य,तथ्य छानबिन तथा सार्वजनिक हुनुपर्ने माग गरेका छन् । आफन्तकाे भनाइ अनुसार मृतक युवकले मगर थरकी किशोरीलाई अन्तरजातीय विवाह गर्ने भन्दै सहमतिमै भगाएका थिए । तर किशोरीका परिवारले जबर्जस्ती करणीकाे आराेपमा मुद्दा हालेर फसाएकाे मृतक युवकका परिवारकाे आराेप छ ।
अन्तरजातीय विवाह राेक्न किशोरीकाे परिवारले विना आधार बलात्कार आराेप लगाउदा युवककाे ज्यान गएकाे मृतकका आफन्तकाे भनाइ छ । प्रहरीकाे कार्यालयमा कसरी युवककाे मृत्यु भयो त्यसको सत्य,तथ्य छानवीन हुनु पर्ने काेही दाेषी देखिए कडा कारवाही हुनुपर्ने मृतक युवकको आफन्तकाे माग छ ।
साभार विजय किल्ला टिभी








