कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका–५, भानुबस्तीमा धारिलो हतियार प्रहारबाट १८ वर्षीय उज्जल सायरको हत्या भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
गाउँकै एक विवाह कार्यक्रमममा विवाद हुँदा सायरमाथि चक्कु प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।उनका अनुसार सोमबार राति साढे १ बजेतिर विवाहमा विवाद हुँदा धारिलो हतियार प्रहार गरिएको थियो ।
घाइते अवस्थामा रहेका सायरलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी शाहीले बताए ।








