मेष :
तपाईंका लागि आजको दिन राम्रो छ । व्यापारमा लगानी गरेको भए सफलता प्राप्त हुनेछ । परिवारको साथ र सहयोग मिल्ने छ ।
वृष :
शिक्षामा सफलता प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा तपाईंका कामको प्रशंसा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
मिथुन :
परिवारमा झन्झट आइपर्ने खतरा छ । सामाजिक र राजनीति क्षेत्रमा विवाद हुने देखिन्छ । स्वास्थ्यमा ख्याल गर्नु राम्रो हुन्छ ।
कर्कट :
आज तपाईंका लागि दिन राम्रो छ । वैदेशिक लगानीबाट उत्साह बढ्ने छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
सिंह :
आज शुभ दिन छ । प्रेम सम्बन्ध सुमधुर हुनेछ । जुनसुकै क्षेत्रमा मिहिनेतको खाँचो देखिन्छ ।
कन्या :
दिन राम्रो छ । श्रमको उचित मूल्यांकन हुनेछ । शिक्षामा सफलता प्राप्त हुनेछ ।
तुला :
संघर्ष गर्नुपर्ने दिन छ । आफ्ना भनिएका साथीसँग प्रतिवाद गर्नुपर्ने हुन सक्छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
वृश्चिक :
धेरै साथीभाइले तपाईंको कामको प्रशंसा गर्ने छन् । शिक्षामा गरेको प्रयास सफल हुनेछ । स्वास्थ्यमा गरेको लगानीले लाभ हुनेछ ।
धनु :
दिन सामान्य छ । सामाजिक कामले समाजमा प्रतिष्ठा बढ्ने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
मकर :
आजको दिन धेरै नै राम्रो छ । शिक्षाको लगानीबाट उत्साह मिल्ने छ । परिवारको सहयोग प्राप्त हुनेछ ।
कुम्भ :
अनावश्यक उदासिनता आइपर्ने छ । लगानीको क्षेत्रबाट भने सामान्य नाफा हुनेछ । राजनीतिक यात्रामा अवरोध खडा हुनेछन् ।
मीन :
गणेशको सेवा गरेमा फाइदा हुनेछ । आज आम्दानीका स्रोत पहिचान हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।








