अल्चना श्रेष्ठ पोखरा
२०५२ साल देखि नै राजनीतिमा लागेर आफ्ना श्रीमान गुमाईन पिठ्युमा दुधे बालिका बोकि दाहिने हातमा एस एल आर बोकि क्रान्तिको कार्यभार भन्दै निरन्तर पार्टी राजनितिमा लागिन /


हुनत मधु अधिकारीको विषयमा कुरा गर्दा एउटा किताब तयार हुन्छ भनेर उनी संग राजनितिमा लागेको राज कुमार दुलाल ( सुबर्ण ) बताउछन । लमजुङको दूध पोखरी गा.पा.२ बिचौरमा जन्मिएको महिला संघको जिल्ला सचिव हुँदै अध्यक्ष हुँदै पार्टीको सदस्य, इलाका इन्चार्ज हुँदै तमुवान राजया सचिवालय सदस्य हुँदै सहिद परिवार केन्द्रीय कार्यलय सचिवको जिम्मेवारी वहन गरेकि उनी २०५४ सालदेखि २०५७ साल सम्म जेल जीवन बिताइन । २०६१ साल माघ ३० मा आफ्नो जीवन साथी आस लाल गुरुङलाई गुमाइन २०६४ सालपहिलो संविधान चुनाबमा तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा .गुरुङ संघ चुनाव लड्दा थोरै मतले पराजित भईन ।

गत बर्ष चुनावमा समानुपातिक बने प्रदेश संसद बने । राजनितिक बिषयको साथ साथै एउटा रोचक बिषयय छ उहाको ।वाइसीएल प्रदेशको सह इन्चार्ज राजकुमार दुलाल सुबर्ण भन्नू हुन्छ । हलो क्रान्तिका नायक भन्छन उहालाई खस आर्य क्षेत्रमा नेपालमा सबैभन्दा पहिलो महिलाले हलो जोत्नु हुन्न भन्ने गलत मान्यतालाई चुनैती दिदै आफ्नो ठाउमा हलो जोतेर सामाजिक क्रान्तिमा अगाडि बढाएको थिइन .। गण्डकी प्रदेशले यो सोचेको सायद कमै थियो होला मधु अधिकारिको सत्ता ग्रहण महिला सह्भागिताको कुरामा तेही पनि शहिद परिवार मा ।ओवादीले नेपाली जनमानसमा जहिले पनि राम्रो सन्देश दिएको छ।
जब आफुले ८ बजे बेलुकी सपथ लिदै गर्दा सहिद ; बेपत्ता ;घाइते ;सम्जनाले गर्दा मन पोलिरहेको अबस्थामा सोहि दिन पोखराको शहिद पार्क मा गइ माल्यअर्पण गर्न समेत भ्याइन ।