हो ती सुकुमबासी थिए ! ती नेपाली कहाँ थिए र ती त सुकुमबासी पो थिए ! ती मान्छे कहाँ थिए र ??? ती त सुकुम्बासी पो थिए ! जस्ले यो धर्तीमा भस्मेखोरिया फाँडेर पहिलो मानव बस्ती बसाए तिनैलाई धनीपूर्जाको हवाला दिएर भूमिहीन हौ भनिए ! हिमाल, पहाड र तराइहरुमा दुत्कारिए ! जस्को पूर्खाले यो धर्तीमा मानव सृष्टी र सभ्यताको शुरुवात गरे आजै उनैलाई छद्मभेषीहरुले तेरो जमीन छैन, तेरो अस्थित्वछैन, तेरो संस्कृति छैन भन्दै कानुनका शन्द रुपी मन्त्र र तन्त्रहरुले अमानव बनाएर अनागरीक बनाउन तिर सुकुमबासी बनाइदिए ! ती घर होइनन् भत्किएका त अस्थित्व हुन् ! जीवनका सपनाहरु भत्किए ! यो कुनै संयोग र योजना होइन यो त युद्ध गरिएको हो !
गरीब बनाएर सुकुमबासी हुँदै शरनार्थी बनाउने षडयन्त्र ! यो कस्को खेल हो ? समाजलाई बुझाउन सक्छु म यदी सुन्ने फुर्सद भए ! हो ती सुकुमबासी थिए ती थिएनन् नेपाली ! जसको भूमि खोसेर उसलाई सुकुमबासी बनाएको छ आज ती को हुन् ? तीनको यो देश सङ्गको नाता के हो ? तिन्का कती पुस्ताले यो देशको भूगोल कुरेर बसे ! बाघ भालु चितुवा र ब्वाँसा सङ्ग जुधेर बारी बिराउने काम किन गरे तिन्ले ? यस्ता प्रश्नहरुका उत्तर खोज्दै बस्ने कस्लाई छ फुर्सद आज ? यो ती सुकुम्बासी थिए थिएनन् ती नेपाली ! गाउँ बिर्सेर शहरमा रमाउनेहरु अनि शहरमै जन्मे हुर्केकाहरुलाई यो देशको इतिहास गाउँबाट शुरु हुन्छ !
गाउँ जति पुरानो छ त्यती पुरानो होइन यो देश भन्ने के थाहा ! ती गाउँबाट शहर झरेकालाई शहरबाट लखेट्ने भूल गर्नेहरुलाई के थाहा गाउँनै हो यो देशको जन्मदाता र प्राण ! माटो माथिको अधिकार माटो छुनेकै हुनु पर्दछ ! माटोको व्यापारीहरुलाई के थाहा ! तर हो उनीहरु सुकुमबासी नै थिए ! नेपाली थिएनन् ! झरीमा रुझ्दै बसेका छन् ती ! भोकै तड्पिएकाछन् ! उनीहरुको घर भत्किएको छ ! आत्म सम्मानमा ठेस पुगेको छ ! आत्मा रोएको छ ! आफ्नै अभिभावकले नस्वीकारेको अपमान र पिडा बोध छ गहिरो तर उनीहरु सुकुमबासी थिए ! हो सुकुमबासी थिए ती थिएनन् नेपाली ! नेपाली भैदिएको भए त निर्जीव सरकारले तिन्लाई बेघर बनाउने नै थिएन नि ! जनता बिना राज्य र मान्छे बिनाको बस्तीमा शासन गर्छु भन्ने सरकारलाई के थाहा मानवता बिना मान्छे बन्न सकिन्न भन्ने !
साभार फेसबुक वाल बाट








