• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, असार ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कुटपिट घटनाको विरोधमा पीडित पक्षद्वारा गाउँपालिका कार्यालयमा धर्ना

"सागिनेका २८ वर्षीय सुजन थिङमाथि भएको कुटपिटको विरोधमा पीडित पक्षले असोज ८ गते गल्छी गाउँपालिका कार्यालयमा धर्ना "

  •     अभियान हाम्रो/ मङ्गलबार, असोज ०९, २०८०  

  • सामुदायिक विद्युतीकरणमा भएको चरम अनियमितताबारे न्यायिक समितिमा छलफल गरेर निस्किएका गल्छी गाउँपालिका-५, सागिनेका २८ वर्षीय सुजन थिङमाथि भएको कुटपिटको विरोधमा पीडित पक्षले असोज ८ गते गल्छी गाउँपालिका कार्यालयमा धर्ना दिएका छन् ।

    उपभोक्ताहरूको तर्फबाट छलफलमा सहभागी थिङलाई छलफल सकिएर बाहिर निस्कने बित्तिकै कुटपिट गरेकोले घाइते भइ काठमाडौँ स्थित नेपाल नेशनल अस्पतालमा उपचार भइरहेको पीडितले बताउनु भयो ।

    थिङको असोज ७ गते साँझ भएको कुटपिटका कारण टाउको, शरीर, अनुहारमा चोट तथा निलडाम भएको छ भने लुगा च्यातिएको र मोबाइल समेत फुटाइएको थियो ।

    पीडितले आफू घाइते भएपछि प्रहरीलाई खबर गरी इलाका प्रहरी कार्यालय, गजुरीमा उजुरीका लागि जानुभएको थियो । इलाका प्रहरी कार्यालय, गजुरीले राती सामान्य निवेदन लिएर पीडितलाई फर्काएको थियो । घटनामा संलग्न भएको आरोपमा गल्छी गाउँपालिका-६ का ३० वर्षीय हेम रिजाल र मधुकर भण्डारीलाई गिरफ्तार गरेकोमा असोज ७ गते नै प्रहरी कार्यालयमा बोलाएको समयमा हाजिर हुने गरी छाडेको थियो ।

    पीडितको पक्षमा काम नगरेको र आरोपितहरूलाई संरक्षण गरेको भन्दै पीडित पक्षले गल्छी गाउँपालिका कार्यालय परिसरमा धर्ना दिएका हुन् । उपभोक्ताहरूसँग रकम उठाएर काम नगरेको आरोप खेपिरहेका श्री रणकालीका सामाजिक सेवा समितिका तत्कालीन अध्यक्ष कुमार भनिने बेदबहादुर भण्डारी पक्षका मानिसहरूले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

    श्री रणकालीका सामाजिक सेवा समितिको नाममा रकम उठाएर गाउँलेहरूसँग सम्पर्क विहीन रहेका बेदबहादुर भण्डारीले अनियमितताबारे समाचार संप्रेशण गर्ने पत्रकार र कुरा उठाउने पीडितहरूमाथि समेत काठमाडौँ जिल्ला अदालतमा मानहानीको मुद्दा दर्ता गराएको बताइएको छ । आरोपित भण्डारीले पीडित थिङसहित अनियमितताबारे आवाज उठाउने स्थानीयहरूमाथि पनि मुद्दा दर्ता गराएका छन् । स्थानीयहरूले भने आफूलाई बचाउ गर्न अनेकन जालझेल रच्ने क्रममा स्थानीय र पत्रकारमाथि नै मुद्दा दर्ता गराएको भन्दै मुद्दा फिर्ता लिन र उठाएको रकमको सुनिश्चितता गर्न माग गरेका छन् ।

    भण्डारीले गल्छी गाउँपालिका वडा नम्बर ४, ५ र ६ सामुदायिक विद्युतीकरण गरिएको क्षेत्रमा मिटर खरिद गर्न रकम उठाएर हिनामिना गरेको आरोप छ । स्थानीयहरूका अनुसार भण्डारीले पाँच वर्षअघि समितिले ९० घरको मिटरका लागि १ हजार २ सयका दरले, ११ घरका लागि २ हजारका दरले र बाँकी ४ सय घरको २ हजार २ सयका दरले मिटर उपलब्ध गराउन कर्मचारी मार्फत २०७१ सालमा पैसा उठाएको थियो । सो रकम बारे सामुदायिक विद्युत उपभोग गरिरहेका उपभोक्ताले आफूले पाउने विद्युत मिटर नपाएपछि कुरा उठाएका हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    ताजा अपडेट
    • कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    • २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    • २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    • आजको राशिफल: २०८२ जेठ १५ गते बिहिवार
    • गाजामा भोकले बेहाल भीडले गर्‍यो सहायता केन्द्रमा हमला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.