नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहीबार बस्दैछ।
कांग्रेस मूख्यालयमा बैठक दिउँसो १ बजे बस्ने छ। समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक संरचना, भ्रातृ संगठनहरुको व्यवस्थापनलगायत विषयमा छलफल हुने बुझिएको छ।
आगामी मंसिर १३, १४ र १५ गतेका लागि तय गरिएको महासमिति बैठकका एजेण्डाबारे पनि बैठकमा छलफल हुनेछ।