• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, मङि्सर २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अवैधानिक मेडिकलको बिगबिगीले स्वास्थ्यमाथि चरम लापरबाही


  •    संवाददाता/ मङ्गलबार, भदौ २६, २०८०  

  • बैतडीको दोगडाकेदार गाउँपालिका–६ का कृष्णसिंह कार्कीले भारतमा वर्षौंदेखि रोजगारी गर्दै आउनुभएको थियो। त्यहाँको एक अस्पतालमा स्विपरदेखि चौकीदारको काम गर्नुहुन्थ्यो। भारतका विभिन्न अस्पतालहरूमा काम गरेको अनुभव रहेको भन्दै विगत एक दशकदेखि दोगडाकेदार गाउँपालिका ६ को पन्ज्युनयाँ बजारमा कबिर मेडिकल हलको नाममा अवैधानिक तवरले मेडिकल सञ्चालन गरिरहेको खुलेको छ।

    अवैधानिक रुपमा मेडिकल सञ्चालन भएको गुनासो पाएपछि स्वास्थ्य कार्यालय र सुरक्षा निकायबाट गएको प्रतिनिधिमण्डलले भाद्र १९ गते मंगलबार अनुगमन गरेर सिल गरिदिएको छ। यसैगरी गैरस्वास्थ्यकर्मीसमेत रहेका ६१ वर्षीय कार्कीलाई नियन्त्रणमा लिई मुद्दासमेत चलाएको छ। ‘स्वास्थ्यसम्बन्धी शिक्षा त परको कुरा, सामान्य लेखपढसमेत नगरेका व्यक्ति रहेछन्, एक दशकदेखि अवैधानिक मेडिकल रुपमा चलाइरहेको पाइयो,’ स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले भन्नुभयो।

    अवैधानिक मेडिकल सञ्चालक कृष्ण कार्कीले एकै बिरामीलाई जाँच्ने र अन्धाधुन्ध औषधि दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘एकै बिरामीलाई १० हजारको औषधि सेवन गर्न लगाएका छन्,’ प्रमुख भट्टले भन्नुभयो, ‘८ रुपैयाँ पर्ने औषधि १२५ रुपैयाँमा बेचेका छन्। यो चरम लापरबाही हो।’

    केही दिनअघि मात्रै अनुगमनका क्रममा बैतडीको सिगास गाउँपालिका २ स्थित गाजरी बजारमा अवैधानिक रुपमा सञ्चालन भइरहेको अनिरुद्र क्लिनिक पनि सिल गरिएको छ। यस्तै, क्लिनिक सञ्चालक खेमराज अवस्थीलाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाइरहेको बताएको छ।

    सीएमए फेल भएका अवस्थीले बिरामी जाँच्नेदेखि औषधि बिक्री गर्ने गरेको खुलेको थियो। अवस्थीले बिरामीलाई स्लाइन चढाइरहेको अवस्थामा अनुगमनमा गएको टोलीले नियन्त्रणमा लिएको हो।

    यस्तै, जेठ दोस्रो साता मात्रै बैतडीको पञ्चेश्वर गाउँपालिका ४ मा सञ्चालित अवैधानिक क्लिनिक सिल गरिएको थियो। साथै सञ्चालक भनिएकी पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक राम सागर साहकी श्रीमती श्यामा शाहलाई नियन्त्रणमा लिई मुद्दा चलाइएको थियो। पदको दुरुपयोग गरी स्वास्थ्य शाखा प्रमुख साहले सामान्य चिकित्सा शिक्षासमेत हासिल नगरेकी गैरस्वास्थ्यकर्मी आफ्नै श्रीमतीलाई बिरामी जाँच्ने र औषधि बिक्री गराउन लगाउने गरेको भन्दै पक्राउ गरी मुद्दा चलाएको थियो।

    प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टसहित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिले जिल्लामा रहेका मेडिकल, फार्मेसी, क्लिनिकलगायतका स्वास्थ्य संस्थाको अनुगमनमा कडाइ गर्न थाल्नुभएको छ।

    चालू आर्थिक वर्षको करिब २ महिनाको अवधिमा आधा दर्जन बढी क्लिनिक सिल गरिएका छन्। पञ्चेश्वर गाउँपालिका, पाटन नगरपालिका, सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिकामा गरिएको छड्के अनुगमनका गरी ७ वटा अवैधानिक क्लिनिक सिल गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

    सामान्य चिकित्सा शिक्षादेखि औषधीय ज्ञान समेत नभएकाहरूले क्लिनिक तथा फार्मेसी चलाइरहेको पाइएपछि ३ जनालाई पक्राउ गरि मुद्दासमेत चलेको थियो। २ जना धरौटीमा छुटेका छन् भने एक जनामाथि अनुसन्धान भइरहेको छ।

    मेडिकलले चिकित्सकको प्रेस्क्रिप्सनबिना औषधि बिक्री गर्ने गरेको, आवश्यक शैक्षिक योग्यता नभएका व्यक्तिहरूले मेडिकल सञ्चालन गरेको, सम्बन्धित निकायमा दर्ता प्रक्रियासमेत पूरा नगरेको पाइएकाले मेडिकल सिल गरी प्रक्रियामा आउन भनिएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टको भनाइ छ।

    जिल्लामा अवैधानिक तवरले स्वास्थ्य क्लिनिक फार्मेसी र मेडिकलहरु सञ्चालन भइरहेको गुनासो बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले पनि चासो लिई छड्के अनुगमन गरिरहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकर बोहराले बताउनुभयो।

    ‘स्वास्थ्यमा चरम लापरबाही’

    स्थानीय स्तरमा स्वास्थ्य सेवाको नाममा अवैधानिक तवरले मेडिकल सञ्चालन गरी गैरस्वास्थ्यकर्मी उपचारमा संलग्न देखिएकाले स्वास्थ्यमा चरम लापरबाही भएको स्वास्थ्य कार्यालयको निष्कर्ष छ। ‘सामान्य शिक्षासमेत हासिल नगरेकाले धमाधम औषधि बेचिरहेका रहेछन्। ८ रुपैयाँमा पाइने औषधी १२५ रुपैयासम्म लिने गरेको पाइयो, एकै व्यक्तिलाई ५ देखि १० हजार रुपैयाँसम्मका औषधी एकै पटक बेच्ने गरेको समेत देख्यौँ,’ स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले भन्नुभयो, ‘स्वास्थ्यमाथिको यो चरम लापरबाही हो, अब कोही छुट्दैनन्।’

    कर कार्यालयमा दर्ता गरी प्यान नम्बरलाई आधार मानेर वैधानिक रहेको दाबी गर्दै औषधि बेच्ने र बिरामी जाँच्ने काम भइरहेको भट्टले बताउनुभयो। हालसम्म सिल गरिएका क्लिनिक तथा मेडिकल र औषधि पसल यस्तै प्रकृतिका रहेको उहाँको भनाइ छ।

    एन्टिबायोटिक र ओभरडोजको औषधि दिएर मानिसको स्वास्थ्यमा गम्भीर खेलवाड भइरहेको भन्दै यस्तो कार्य रोक्न सबै पक्षले सहयोग गर्नुपर्ने पनि उहाँको भनाइ छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    ताजा अपडेट
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.