• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रथयात्रा रौनक


  •    संवाददाता/ शुक्रबार, भदौ २२, २०८०  

  • वि सं १९८८ सालमा खटयात्राबाट सुरु भएको राधाकृष्ण रथयात्रा बिहीबार भव्य रुपमा निकालिएको छ । रथयात्रामा सहभागी हुन यसपटक भारतसहित देशका विभिन्न पालिकाका प्रमुखहरू विराटनगर आएका छन् । २२ फिट लम्बाइ, १८ फिट चौडाइ र १८ फिट उचाइ रहेको रथको सजावट भारतको कलकत्ताबाट कालिगढ झिकाएर गरिएको हो। रथयात्रालाई विराटनगरमा ऐतिहासिक एव धार्मिक महत्वका रुपमा हेरिने गरिन्छ ।

    आफ्नै मौलिकतामा अघि बढिरहेको रथयात्रा सुरु हुनुपूर्व मन्दिर परिसरमा पूजाआजा गरिन्छ। कृष्णजन्माष्टमीको मध्यरात १२ बजे मन्दिरमा रहेको राधाकृष्णको अचल विग्रह आकृतिसँगै चल विग्रह राखेर षोडशोपचार पूजा गरिन्छ।

    कृष्णको जन्मसँगै गरिने पूजापछि भोलिपल्ट बिहानबाट राधाकृष्णको अचल विग्रह नजिक राखिएको चल विग्रहलाई प्रातकालिन पूजाआजा गरिन्छ। यससँगै करिब अढाइ घण्टाको विषेश पूजापछि चल विग्रहमा भगवान जगाउने कार्य हुनेछ।

    सोही चल विग्रहलाई रथयात्राका क्रममा रथमा राखिने गरिन्छ। रथयात्राको सुरुआत दिउँसो करिब ३ बजेको तयारीसँगै मन्दिरमा रहेको चल विग्रहलाई पुनः षोडशोपचार पूजा गरि रथमा राखिन्छ।

    मन्दिरका गुरुले निकालेको साइत समयमा रथ निकालिन्छ। रथमा मन्दिरका मुख्य गुरु पण्डित भवानीप्रसाद निरौलाको अगुवाइमा शंखनादका लागि एकजना, स्वस्तीवाचनका लागि दुईजना र एकजना सहायक गरी पाँचजना गुरुको उपस्थिति रहन्छ।

    मन्दिर परिसरबाट निकालिएको रथयात्राले नगरपरिक्रमा पुरा नहुन्जेल दुई जना गुरुले वेद वाचन गर्छन्। मध्यरात जन्मिएका कृष्णसँगै राधाको युगल जोडीलाई दर्शनका लागि नगरपरिक्रमा हुने गरेको रथयात्रा मूल समारोह समितिले जनाएको छ।

    ९ किलोमिटरको रथयात्रा पछि युगल जोडीलाई पुनः मन्दिरमा पुराएर पूजाआजा र आरती सहित मन्दिरमा रहेको अचल विग्रहभन्दा फरक स्थानमा राख्ने गरिएको राधाकृष्ण रथयात्रा मूल समारोह समितिका संयोजक कैलास रेग्मीले बताए ।

    विहीबार अपराह्न राधाकृष्ण मन्दिर परिसरबाट निस्किएको रथयात्रा मेनरोड हुँदै गोल्छा चोक, जलजला चोक, ट्राफिक चोक, रोडशेष चोक, बसपार्क, महेन्द्र चोक, धरान रोड, बरगाछी भएर फेरि मन्दिर प्राङ्गणमा पुगेर टुंगिएको छ ।नौ किलोमिटर दूरीमा यात्रा गराइने रथले विभिन्न ४३ स्थानमा विश्राम लिने मूल आयोजक समितिले जनाएको छ । रथ तान्न विभिन्न स्थानबाट आएका भक्तजनको विराटनगरमा घुइँचो लागेको छ ।
    रथयात्रामा नेपाल र भारतका विभिन्न निम्तालु सहित पाँच लाख सर्वसाधारण सहभागी भएको आयोजकको भनाइ छ । मूल समितिका अध्यक्ष कैलाश रेग्मीले रथयात्रामा छिमेकी मुलुक भारतका भक्तजनहरू आउने गरेको छन् ।

    रथयात्रामा सुरक्षाका लागि पाँच हजार सुरक्षाकर्मी र ५०० स्वयंसेवक परिचालन गरिएको बताइएको छ । तस्वीरः ध्रुव भट्टराई ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा
    सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार
    ताजा अपडेट
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा
    • सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार
    • ती नेपाली कहाँ थिए र ती त सुकुमबासी पो थिए ! ती मान्छे कहाँ थिए र ??? ती त सुकुम्बासी पो थिए :हर्क साम्पाङ
    • दाङमा वर्षौंदेखि कब्जामा रहेका सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.