• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, चैत २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

प्रहरी बन्ने सपना त्यागेर टायर मिस्त्री बन्नुभएका राजा

"वार्षिक कमाइ १० लाख "

  •    संवाददाता/ बिहिबार, भदौ २१, २०८०  

  • अहिलेको समयमा यातायात सामान्य कुरा हो । सार्वजनिक र निजी सवारीसाधनमा सडकमा गुडिरहन्छन् । गुड्दागुड्दै टायरमा समस्या देखिन सक्छ । त्यस्तो बेला के गर्ने ?

    झट्ट मिस्त्रीको सम्झना आउँछ । मिस्त्रीले नै सबै ठीकठाक पार्न सक्छन् । त्यस्तै एक मिस्त्री हुनुहुन्छ अहमद राजा ।

    उमेरमा जम्म २५ वर्ष पुग्नुभएका अहमद राजा भारतमा जन्मिनुभयो । उहाँका बुबा टायर मर्मत गर्ने पेसा गर्नुहुन्थ्यो । सोही पेसालाई निरन्तरता दिँदै अहमद राजा हाल टायर मिस्त्री बन्नुभएको छ ।

    बुबा खुर्सिद मियाँले नारायणटारको शिवचोकमा सुरुवाती चरणदेखि राखेको पसल हालसम्म छ । र त्यसैमा आफनो काम सिक्नेदेखि मिस्त्री हुनेसम्मको संघर्ष जोडिएको राजा बताउनुहुन्छ ।

    ‘बुबाले नेपाल आएर टायर बनाउन गर्न थाल्नुभएको ३५ वर्ष भयो,’ राजा भन्नुहुन्छ, ‘अहिले बुबालाई ग्यास्ट्रिक, आँखा कम देख्ने, खुट्टा झमझमाउने, जीउ दुख्ने समस्याले सताइरहेको छ । त्यसैले सम्पूर्ण कामको जिम्मा मलाई दिनुभएको छ ।’

    कक्षा १२ को परिक्षा दिएपछि काठमान्डौँ घुम्न आउनुभयो राजा । बुबा बसेको ठाँउमा आएर १० दिन जति घुमेर पुर्ण घर फर्किनुभयो । चिडियाघर, घण्टाघर, स्वयम्बु, पशुपति, चन्द्रागिरी घुमेको स्मरण गर्नुहुन्छ उहाँ ।

    ‘पैसाको महत्व बुझेर पढाइभन्दा काम नै गर्छु भन्ने लाग्यो र फेरि एक वर्षपछि काठमाडौँ फर्किएँ,’ राजा भन्नुहुन्छ, ‘बुबाले गरेको जस्तै काम गर्न रुचि पनि राजाका अनुसार सुरुमा त धेरै नै गाह्रो लाग्थ्यो । काम सिक्दा शरीरका धेरै ठाँउमा चोट लाग्यो । तैपनि सिकाइको शृंखला अनवरत चलिरह्यो । ‘कहिले हम्मरले लाग्थ्यो, कहिले पेचकस उछिट्टिएर घोच्थ्यो,’ उहाँ सुनाउनुहुन्छ।

    संघर्ष गर्नुपर्ने र आफ्नो जिम्मेवारीदेखि कहिले पछि नपर्नू भन्ने पाठ बुबाले नै सिकाउनुभएको राजाको भनाइ छ । उहाँ कामलाई नै आफ्नो पहिचान मान्नुहुन्छ ।

    ‘बुबाले महिनाको दुई हजार कमाउनुहुन्थ्यो । विस्तारै आफू पनि साथ दिन थालेपछि महिनाको १० हजार हुँदै ३० हजारसम्म कमाउन थालियो,’ उहाँ भन्नुहुन्छ । तर अहिले बुबाको स्वास्थ्य अवस्था खराब हुन थालेपछि एक्लैले सम्पूर्ण काम हेर्न थाल्नुभएको छ राजा ।

    जीवनमा एक्लै हुनुका अनेक दुःख छन् । यस्तो दुःख राजालाई पनि छ । ‘एक्लै काम गर्न त गाह्रो हुने रहेछ,’ उहाँले सुनाउनुभयो, ‘टायर उचाल्न ज्यान जालाजस्तो हुन्छ । यस्तै टायर फिट गर्ने, टायरमा हावा हाल्ने, टायर टाल्ने काम एक्लै गर्छु । तर निकै गाह्रो हुन्छ ।’

    मिहिनत गर्दै जाँदा दैनिक ३ देखि ४ हजारसम्म पनि कमाउन थालेको राजाको भनाइ छ ।

    ‘पैसा हातमा परेपछि खुसी पनि लाग्थ्यो,’ राजा भन्नुहुन्छ, ‘आफू एक्लै एक वर्ष बुबाले राखेको पसल चलाएँ । राम्रो फाइदा र आम्दामी देखेर अर्को पसल पनि खोल्न मन लागेर गाँउबाट भाइलाई बोलाएर उसलाई पनि काम सिकाएँ ।’

    यसरी भाइले पनि पूरा काम सिक्नुभयो । काम सिकेपछि बुबाले स्थापना गर्नुभएको पसल भाइलाई चलाउन दिनुभयो । आफूले भने नयाँ पसल सञ्चालन गर्नुभयो । ‘नयाँ पसल जम्मा ३ लाख रुपैयाँमा खोलेको हो,’ उहाँ मुस्कुराउँदै भन्नुहुन्छ ।

    सामान सबै सेकेन्ड ह्यान्ड लिएकाले सामान्य लगानीमै पसल सुरुवात गर्न सम्भव भएको राजा बताउनुहुन्छ । आफ्नै नाम ‘राजा टायर रिपेयरिङ सेन्टर’ बाट नारायणटार शिवचोकमा पसल खोल्नुभएको छ ।

    ‘उता भाइले महिनाको २५ हजार कमाउँछ । यता म दिनको ५०० देखि १ हजारसम्म कमाउँछु,’ कमाइको राजाले सपना पनि देख्नुभएको छ, ‘मेरो अझै २ लाख ऋण छ । ऋण तिरिसकेर एउटा घर बनाउने सपना छ । दाजुभाइ मिलेर गाँउमा सान्दार घर बनाएर पनि देखाँउछु ।’

    पहिले भारतीय आर्मी हुने रहर भए पनि आर्थिक अवस्था कमजोर हुँदा टायर पसलमा आएको राजाले सुनाउनुभयो ।

    अहिले दाजुभाइको वार्षिक १० लाख रुपैयाँ कमाइ हुन्छ । गर्न सके नेपालको सम्भावना रहेको बताउने राजा मिहिनत गर्दा अवश्य सफल भइने बताउनुहुन्छ ।

    राजाले बाइकको टायरमा हावा हालेको पाँच रुपैयाँ र गाडीको टायरमा १० रुपैयाँ लिने गरेको बताउनुभयो । टायर पन्चर बनाएको, सानो गाडीको एक सय, मझौलाको १५०, ठूलोको २ सय रुपैयाँ र नयाँ टायर खोलफिट गरेको एक सय रुपैयाँ ।

    ‘सबको काम से प्यार करना चाहिए,’ हिन्दीमै बोल्न थाल्नुभयो राजा, ‘कोही काम छोटा या बडा नहीं होता । छोटा काम से भी एक दिन बडा मुकाम हासिल करके दिखाउंगा ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    ताजा अपडेट
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार
    • कैलालीमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कासिम अली जागारलाई पक्राउ

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.