१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राप्ती गाउँपालिका– २ स्थित आदर्श माध्यामिक विद्यालयका कार्यालय सहयोगी तथा बसका सहचालक ४० वर्षीय रामबहादुर खनाललाई भदौ १७ गते गिरप्तार गरेको छ ।
इलाका प्रहरी कार्यालय, भालुवाङका इन्स्पेक्टर उज्वलबहादुर सिंहले दिएको जानकारी अनुसार आरापितलाई विद्यालय परिसरबाट गिरप्तार गरिएको हो । पीडतलाई आरोपितले भदौ ४ गते बलात्कार गरेका भन्दै पीडित पक्षले भदौ १६ गते इलाका प्रहरी कार्यालय, भालुवाङमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको र पीडित बालिका पाँच वर्षदेखि छात्रवासमा बस्दै आउनु भएको प्रहरीले जनाएको छ । पीडितको स्वास्थ्य परीक्षण भदौ १७ गते राप्ती विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको छ ।