• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ ०१, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

परम्परागत कमजोरी: ब्याटिङले फेरि डुबायो


  •    आशुतोष अधिकारी / बिहिबार, भदौ १४, २०८०  

  • पाकिस्तान र श्रीलंकामा संयुक्त रुपमा बुधकारबाट शुरु भएको एसिया कप क्रिकेटको बहुप्रतिक्षित खेलमा नेपाल आयोजक राष्ट्र पाकिस्तानको हातबाट २ सय ३८ रनको ठूलो अन्तरले पराजित भएको छ। ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाली टोली पाकिस्तानको धारिलो बलिङ आक्रमणका सामु निरिह देखियो र केबल २३.१ ओभरमा १ सय ४ रनमा अलआउट हुन पुग्यो। आइसीसीको एकदिवसीय वरियताक्रममा शीर्ष स्थानमा रहेको पाकिस्तानी टोलीविरुद्ध जित नै हात पार्न नसके पनि नेपालले उसलाई कडा चुनौति भने दिनसक्ने धेरैको अपेक्षा थियो। पछिल्लो समयमा नेपाली क्रिकेट टोलीले प्रस्तुत गरेको उच्चस्तरको प्रदर्शन, अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले हासिल गरेको सफलता र नेपालीमा टोलीमा देखिएको आत्मविश्वासलाई विश्लेषण गरेर हेर्दा पनि नेपालले पाकिस्तानका अगाडि सजिलै हार नमान्ने आँकलन धेरैले गरेका थिए। तर आफ्नो परम्परागत कमजोरी मानिँदै आएको ब्याटिङ पक्षमा अझै पनि अपेक्षित सुधार ल्याउन नसक्दा बहुप्रतिक्षित खेलमा नेपालले लज्जास्पद हार ब्यहोर्दै प्रतियोगिताको शुरुवात गरेको छ।

    पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले कप्तान बाबर आजमको १५१ रनको शानदार पारीको सहयोगमा ३४२ रनको विशाल योगफल खडा गर्न सफल भयो। सामान्य शुरुवात गरेको पाकिस्तानका लागि मध्यक्रममा इफ्तिखार अहमदले विष्फोटक इनिङ खेल्दै केबल ७१ बलमा अविजित रहँदै १ सय ९ रन बनाएर कप्तान आजमलाई दरिलो साथ दिएपछि पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाउँदै ३४२ रनको चुनौतिपूर्ण स्कोर तयार पारेको थियो।

    पाकिस्तानको शुरुवात भने राम्रो हुन सकेन। खेलको ५.१ ओभरमा टोलीको स्कोर केबल २१ रन छँदा पाकिस्तानले पहिलो विकेट गुमायो। ओपनर फखर जमान मात्र १४ रन बनाउँदै करन केसीको बलमा विकेटकिपर आसिफ शेखद्वारा क्याच आउट हुन पुगे। लगत्तै छैठौँ ओभरको पहिलो बलमा कप्तान रोहित पौडेलको डाइरेक्ट थ्रोमा पाकिस्तानका अर्का ओपनर इमाम उल हक पनि रन आउट हुन पुगेपछि टोली दवावमा आएको थियो। ६.१ ओभरमा २५÷२ को नाजुक अवस्थामा पुगेको पाकिस्तानी इनिङलाई कप्तान बाबर आजम र मोहमद रिजवानले तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गर्दै उकासेका थिए। ४४ रन बनाएका रिजवानलाई दिपेन्द्रसिंह ऐरीले डाइरेक्ट हिटमा रन आउट गराए। पाँचाँै नम्बमा ब्याटिङ गर्न आएका आगा सलमानलाई सन्दिप लामिछानेले ५ रनमा कुशल भुर्तेलको हातबाट क्याच आउट गराएपछि इफ्तिखार ब्याटिङ गर्न आएका थिए। उनले कप्तान आजमसँग मिलेर पाँचौँ विकेटका लागि २ सय १४ रनको किर्तिमानी साझेदारी गरेपछि पाकिस्तान ३०० रनको आँकडा पार गर्न सफल भएको थियो। १३१ बलको सामना गरेका कप्तान बाबरले आफ्नो पारीमा ४ छक्का र १४ चौका प्रहार गरे भने इफ्तिखारले पनि ४ छक्का र ११ चौका हाने। पारीको अन्तिम ओभरमा सोमपाल कामीले कप्तान बाबर र शादाब खानलाई आउट पार्नु केबल सान्त्वना मात्र रह्यो।

    ३ सय ४३ रनको विशाल योगफल पछ्याउन क्रिजमा ओर्लिएको नेपालले खेल जिति नहाले पनि पाकिस्तानको बलिङ आक्रमणलाई कडा चुनौति दिने अपेक्षा धेरैले गरेका थियो। तर प्रशंसकहरुको यो अनुमानलाई पूर्णतयाः गलत साबित गर्दै नेपाली ब्याट्स्म्यानहरु एक पछि अर्को गर्दै पाकिस्तानी बलरहरुको धारिलो तीव्र गतिका सामु घुँडा टेकिदिएपछि नेपालले लज्जास्पद हारको सामना गर्नुपर्यो। कप्तान रोहित पौडेलसहित ३ खेलाडीले खाता नै खोल्न सकेनन् भने कुल ८ ब्याट्स्म्यानले दोहोरो अंकको आँकडा समेत छुन सकेनन्।

    नेपालको शुरुवात नै खराब रह्यो। अर्थहीन वा कम महत्वका खेलहरुमा विष्फोटक व्याटिङ गर्ने तर महत्वपूर्ण खेलहरुमा भने रन प्रहार गर्न नसक्ने खेलाडीको छवि बनाएका नेपालका ओपनिङ ब्याट्स्म्यान कुशल भुर्तेल पुनः एकपटक महत्वपूर्ण खेलमा असफल साबित भए। प्रतिभा र क्षमता भए पनि आफूभित्र परिपक्वता र धैर्यताको भने पूर्ण अभाव रहेको तथ्य भुर्तेलले पुनः एकपटक आफैँ प्रमाणित गरिदिए। इनिङको पहिलो दुई बलमा दुई चौका प्रहार गरेका ओपनर कुशल भुर्तेल पहिलो ओभरको पाँचौँ बलमा केबल ८ रनको स्थितिमा विकेट पछाडि समातिए। अर्का ओपनर आसिफ शेख केबल ५ रन बनाएर आउट भए भने तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान रोहित पहिलो बलमै एलबिडब्ल्यु आउट भए। भुर्तेल र पौडेल दुबैलाई शाहिन शाह अफ्रिदीले आउट पारे।

    नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए भने आरिफ शेखले २६ रनको पारी खेले। अर्का बलर गुलशन झाले बनाएको १३ रनको स्कोर नेपाली पारीको तेस्रो ठूलो स्कोर थियो। नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ३ रन, कुशल मल्लले ६ रन र करण केसीले ७ रनको योगदान दिए भने स्पीनरद्वय सन्दिप लामिछाने र ललित राजवंशीले खाता समेत खोल्न सकेनन्।

    प्रतियोगितामा नेपालको दोस्रो खेल आगामी सोमवार श्रीलंकाको क्यान्डीमा भारतविरुद्ध हुनेछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.