• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ ०१, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

त्रिपालको भरमा बस्न बाध्य रिगाउँका स्थानिय

"बालबालिका, ज्येष्ठ नागरिक र सुत्केरी महिलाहरू समेत त्रिपालको भरमा रात बिताइरहेकोले स्थानीय सरकार, जिल्ला विपद व्यवस्थापन समितिको ध्यान जान नसकेपछि सामस्या हुन थालेको छ । "

  •     अभियान हाम्रो/ सोमबार, भदौ ०४, २०८०  

  • उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका-१, रिगाउँबासी घर छाडेको एक साता बितिसक्दा पनि त्रिपालको भरमा बस्न बाध्य भएका छन् । बालबालिका, ज्येष्ठ नागरिक र सुत्केरी महिलाहरू समेत त्रिपालको भरमा रात बिताइरहेकोले स्थानीय सरकार, जिल्ला विपद व्यवस्थापन समितिको ध्यान जान नसकेपछि सामस्या हुन थालेको छ ।

    रिगाउँमा गाउँको माथिबाट गाउँ नै बग्ने गरी जमिन भासिएपछि गाउँ छाडेकाहरू पुन गाउँ फर्किन नसकेको अन्जिता तामाङ बताउनुहुन्छ । सबै तामाङ समुदायको बसोवास रहेको सो गाउँमा ५३ घर परिवारले त्रिपालमा रात काटिरहेको स्थानीय खसार्की तामाङले बताउनु भयो । नेपाल रेडक्रस सोसाइटी र गाउँपालिकाले जमिन भासिएर विस्थापित भएको गाउँमा त्रिपाल उपलब्ध गराएको थियो तर हालसम्म पनि उनिहरूको बैकल्पिक व्यवस्थाबारे स्थानीय सरकार र जिल्ला विपद व्यवस्थापन समितिले बेवास्था गर्दा विस्थापितहरू समस्यामा परिरहेका छन् । गाउँबासी धेरैजसो छिमेकी टोलमा आफन्तको घर छेउमा त्रिपाल हालेर बसेका छन् भने केही बारिको पाटामा त्रिपालको भरमा रात काटिरहेका छन् ।

    Photo_080-5-4_Dhading1

    लगातार तीन दिनको वर्षाको कारण साउन २९ गते जमिन भासिएपछि गाउँबासी विस्थापित भएका थिए । दिउँसो छिटो भाग्न सक्नेहरू आफ्नो घरमा गएपनि सरसामान भने झिक्न सकेका छैनन् । गाउँ नै पहिरोले लान्छ कि भनेर त्रासमा बसिरहेको स्थानीयहररूको भनाइ छ । केही परिवार सामुदायिक भवनमा बसेका छन् भने केही परिवार रिगाउँ माविको पुरानो भवनमा आश्रय लिएर बसिरहेकोले वडाले गाउँपालिकामा पटक पटक भनेपनि समसयाको समाधान हुने गरी काम नभएको वडा अध्यक्ष बहादुर तामाङले बताउनु भयो । भासिएको जमिनको भाट बढ्दै गएको छ । बढ्दै गएमा गाउँ नै पहिरोमा परेर ठूलो क्षति हुने भएकोले गाउँबासी घरमा बस्न नसकेको स्गथानीय शिक्षक राजेन्द्र जोशीले टेलिफोनबाट इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो । गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले त्रिपाल र म्याट बाँड्नु बाहेक जोखिममा बसेका गाउँबासीका लागि अरु कुनै व्यवस्था गरेको छैन ।

    गङ्गाजमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामा र उपाध्यक्ष रामेश्वर सिंखडा गाउँबासी पहिरोले रात घरमा नसुते पनि दिउँसो खेतबारीमा जाने गरेका कारण अब घटना सामान्य भएको बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जोखिम कम हुँदै गएकोले अब प्राविधिकको रिपोर्ट आएपछि मात्र व्यवस्थापनका लागि लाग्ने बताउनु भयो । भासिएको स्थानमा भु तथा जलाधार कार्यालयका प्राविधिकहरूको टोलीले रिपोर्ट तयार गरिरहेको भन्दै अध्यक्ष लामाले जिल्लाको टोली भदौ ९ गते अनुगमनमा जाने कुरा भएको जानकारी दिनुभयो । बस्तीसँगै रहेको रिगाउँ माध्यामिक विद्यालय र गाउँको खानेपानी ट्याङ्की पनि जोखिममा छ । विद्यालयको २ ओटा भवन मध्ये २० कोठे नयाँ भवन र दुई वर्षअघि निर्माण गरिएको खानेपानीको ट्याङकी पनि बगाउने जोखिम छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान
    कुलायन मार्ग टोल बिकास संस्थाको अध्यक्षमा बराल
    ताजा अपडेट
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान
    • कुलायन मार्ग टोल बिकास संस्थाको अध्यक्षमा बराल
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.