• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, फागुन २४, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जीवितै रहेका आफ्नै भाइको मृत्यु दर्ता गरिदिने तिलोत्तमा नगरपालिका वडा नं. ४ का ईन्द्रकुमार कँडेल पक्राउ

"जीवितै रहेका आफ्नै भाइको मृत्यु दर्ता गरिदिने तिलोत्तमा नगरपालिका वडा नं. ४ का ईन्द्रकुमार कँडेल पक्राउ "

  •    अभियान हाम्रो डट कम / शुक्रबार, भदौ ०१, २०८०  

  • रूपन्देही

    रोजगारीको लागि भारतमा रहेका भाइको मृत्यु भएको झुटो विवरण दिएर मृत्यु दर्ता प्रमाणपत्र बनाउने एक जना रूपन्देहीमा पक्राउ परेका छन

    भाइ बेदुराम कँडेलको २०७८ साल भदौ १५ गते मृत्यु भएको भन्दै २०७८ साल असोज २६ गते तिलोत्तमा वडा नं. ४ बाट मृत्यु दर्ता प्रमाणपत्र बनाएका थिए।

    कँडेलले भाइ बेदुराम अविवाहित तथा बौद्धिक अपाङ्गता रहेकोले जीवित छँदा आफैंले पालनपोषण गरेको र सोही क्रममा २०७८ साल भदौ १५ गते रूपन्देहीको सैनामैना रानिबगियामा मृत्यु भएपछि काजकिरिया समेत आफैंले गरिदिएको भन्दै मृत्यु दर्ताको लागि वडा कार्यालयमा निवेदन दिएका थिए।

    कँडेलले दिएको निवेदनमा चार जना व्यक्तिबाट सही सनाखत समेत गरिदिएपछि तत्कालीन वडा अध्यक्ष दिवाकर ढकालको रोहवरमा वडा सचिव काशिराम ज्ञवालीले २०७८ साल असोज २६ गते मृत्यु दर्ता गरी प्रमाणपत्र उपलब्ध गराएका थिए।

    वडा सचिव ज्ञवालीले ईन्द्रकुमारले चार जना स्थानीयको सक्कल नागरिकतासहित सनाखत गरेको निवेदन लिएर आएपछि वडा कार्यालयले मृत्यु दर्ता गरिदिएको बताए।

    वडा सचिव ज्ञवालीका अनुसार कँडेलको उक्त निवेदनमा पूर्णचन्द्र बस्याल, रिमा बस्याल, अजय कुमार न्यौपाने र धनीसरा न्यौपानेले सही सनाखत गरिदिएका छन्।

    उक्त निवेदनमा लामो समयदेखि दीर्घरोगी रहेका बेदुरामको २०७८ साल भदौ १५ गते सैनामैना रानीबगियामा कालगतिले मृत्यु भएको व्यहोरा ठीक साँचो हो, जीवित रहँदा पालनपोषण र स्याहारसुसार दाजु ईन्द्रकुमारले गरेको र मृत्युपश्चात काजकिरिया समेत ईन्द्रकुमारले नै गरेको कुरा ठीक साँचो हो भनी उनीहरूले सही सनाखत गरिदिएका छन्।

    मृतक बेदुराम अविवाहित रहेको र ईन्द्रकुमार बाहेक उनको अरू संरक्षक कोही नभएकोले मृत्यु दर्ता गरी दिन सिफारिस गर्दै आफूहरूले गरेको सिफारिस पछि फरक परे वा गलत ठहरे प्रचलित कानुन अनुसार सजायको भागीदार बन्ने भन्दै सही सनाखत गरिदिएका छन्।

    रोजगारीको लागि भारतमा रहेका बेदुराम दुई वर्षपछि घर आउँदा दाजु ईन्द्रकुमारले मृत्यु दर्ता गरिदिएको थाहा पाएका थिए।बेदुरामले आफू जीवित रहेको भन्दै वडा कार्यालयमा मृत्यु दर्ता बदरका लागि निवेदन दिएपछि उक्त रहस्य बाहिरिएको हो।

    स्थानीयका अनुसार तिलोत्तमा-४ मा स्थायी ठेगाना रहे पनि लामो समयदेखि सैनामैनामा बस्दै आएका ईन्द्रकुमारले सगोलमा रहेको जग्गा आफ्नो नाममा नामसारी गर्न भाइको मृत्यु भएको झुटो विवरण दिएर मृत्यु दर्ता गराएका हुन्।

    वडा कार्यालयका अनुसार भाइको मृत्यु दर्ता गरेपछि ईन्द्रकुमारले जग्गा नामसारीको लागि पनि पाँच जनाबाट सही सनाखत गराएर वडा कार्यालयबाट सिफारिस गराएका थिए। वडा सचिव ज्ञवालीले निवेदकले सही सनाखत गर्नेहरूको सक्कल नागरिकतासहित निवेदन ल्याएपछि मृत्यु दर्ता र जग्गा नामसारीको सिफारिस गरिदिएको बताए।

    अहिले भाइ बेदुरामले आफू जीवित रहेको र आफ्नो मृत्युदर्ता बदर गर्न निवेदन दिएपछि वडा कार्यालयले उक्त निवेदन जिल्ला प्रशासन कार्यालय पठाएको छ।

    जिल्ला प्रशासन कार्यालयमा निवेदन पुगेपछि प्रहरीले झुटो विवरण दिएर भाइको मृत्यु दर्ता गर्ने ईन्द्रकुमारलाई पक्राउ गरी थप कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता श्यामु अर्यालले झुटो विवरण दिएर भाइको मृत्यु दर्ता गरिदिने ईन्द्रकुमारलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको बताए।

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    ताजा अपडेट
    • रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    • आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    • दोलखाको मालु मतदान स्थलमा विवाद हवाई फायर
    • उदयपुरमा सटगन पड्किँदा मतपेटिकामा क्षति

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.