• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, कार्तिक २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

  सुरज उपाध्याय द्वारा लिखित कविता “आमाको टिकटक “

" "आमाको टिकटक " "

  •    अल्चना श्रेष्ठ/ शुक्रबार, भदौ ०१, २०८०  

  • छोराले जापानबाट मोबाइल पठाइदिएको छ
    छोरीले अष्ट्रेलियाबाट टिभी पठाइदिएकी छन्
    गाउको घर छोडेको पनि दस वर्ष भयो
    सहरको घर पुरै रित्तो छ
    अचेल त भाडामा बस्नेहरु कमै भेटिन्छन्
    छन त घरमा दुई जना छन्
    र पनि
    एक्लै छन् आमा
    एक्लै छन् बा
    एक्ला एक्लै रमाउने बानी परेको छ बा आमालाई
    आमा टिकटकमा ब्यस्त छन्
    बा फेसबुकमा मस्त छन्
    अचेल बाले
    बेलुका आठ बजेको समाचार हेर्दैनन्
    रेडियो सुन्न छोडेको वर्षौ भयो
    युटुभ हेरेर दिन काट्ने गर्छन्
    भिडियो कल मै छोरालाई सोध्छन्
    भाग्य न्यौपानेको घर कता हो बाबु
    नातिनीले पठाएका टिकटक हेरेर
    कृष्ण कडेलले चलाउने इन्द्रेणी हेरेर
    दिन काट्दै छिन् आमा
    अचेल कमला घिमिरेको दोहोरी सुनेरै आमाको दिन बितेको छ
    नातीले टिकटक खुलाइदएको छ
    दंग परेकी छन्
    अचेल मोबाइलमै आफै टिकटक बनाउन थालेकि छन्
    थरीथरीका गीतमा टिकटक बनाएकी छन्
    नातिलाई पठाएकी छन्
    नातिनीलाइ पठाएकी छन्
    बैसका साथीहरू सम्झदै दिन काटेकी छन्
    आज फेरि अर्को गीतमा टिकटक बनाइन् आमाले
    टिकटक बनाइसके पछि
    बिगत सम्झेर तप्प आँसु झर्यो
    बुढाले देख्छन् की भनेर
    हतपत आँसु पुछिन्
    आफैले बनाएको टिकटक
    फेरि एक चोटि हेरिन्
    फेरी आँसु झर्यो
    घरीघरी झर्ने आँसुलाई
    कसरी रोक्न सक्थ्यो र आँखाको डिलले
    आँसु बगिरह्यो
    आमाले गीत गाइरहिन्
    गयौ बाबु वरमाला भिरेर
    दुधको भारा सारीले तिरेर।
          सुरज उपाध्याय फेस्बूक वाल बाट साभार
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.