पोखराबाट स्कुल ड्रेसमै हराएका ३ बालिकामध्ये २ जना काठमाडौंमा भेटिएका छन् ।
गत साउन १९ गतेदेखि सम्पर्क विहीन भएका ३ जनामध्ये २ जना बालिका काठमाडौंमा रहेको र उनिहरुले परिवारलाई सम्पर्क गरेको प्रहरीले जनाएको छ ।
हराइरहका मध्ये पोखरा महानगरपालिका वडा नम्बर २ बिन्ध्यावासिनी बस्ने १४ वर्षीया मनिका परियार र १४ वर्षीया राधिका परियार काठमाडौंबाट सम्पर्कमा आएको परिवारले जनाएको छ ।
मोबाइल लोकेसनका आधारमा उनीहरू काठमाडौंमा भेटिएका हुन् । १३ वर्षीया एलिसा परियार भने अझै सम्पर्कविहीन छिन् ।
गत साउन १९ गते विद्यालय जान्छु भनेर हिँडेका ३ बालिका परिवारको सम्पर्कमा थिएनन् । एलिसाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।