पोखरामा ठूलो परिमाणमा अवैध लागूऔषध गाँजासहित एक व्यक्तिलाई पक्राउ परेका छन ।
प्रहरीका अनुसरा पक्राउ पर्नेमा सिन्धुली जिल्ला तिनपाटन गाउँपालिका –५ बस्ने २४ वर्षीय विक्रम मोक्तान रहेका छन्।
पोखरा –६ लेकसाइड स्थित सुबिलम्ब होटलबाट २५ किलो २ ग्राम गाँजासहित एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी दिएको छ ।
उक्त होटलबाट लागू औषध गाँजाको कारोवार गरिरहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले ठूलो परिमाणको गाँजा सहित मोक्तानलाई पक्राउ गरेको हो।
बोरामा लुकाइएको अवस्थामा ठूलो परिणामको गाँजा सहित पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







