अभियान हाम्रो डट कम
रवीन्द्र माकाजू
पोखरा।
पोखराको चिप्लेढुङ्गा निवासी कपिलनाथ कोइरालाको नाम सुन्ने वित्तिकै मानिसहरु उपभोक्ताको हितमा काम गर्ने मान्छे भनेर स्वतः चिन्दछन् । विसौं वर्ष देखि उपभोक्ता अधिकारको लागि खटेका कोइराला उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष हुन् । लामो समय देखि यो क्षेत्रमा गरेको योगदान र कार्यले उनलाई उपभोक्ताको पर्यायवाचीको रुपमा स्थापित गरिसकेको छ । एउटा प्रतीक वा ब्राण्ड नै बनिसकेका कोइराला स्वयम्मा उपभोक्तावादी संस्था भै सकेका छन् ।
तिनै कपिलनाथ उपभोक्ता मञ्चमा कसरी जोडिन आई पुगे ? उनले वेलिविस्तारपूर्वक भने –करिव २ दशक अघि मेरो घरमा जीवन तिवारी (हाल अमेरिका) भाडामा बस्दथे । जो उनी प्राइमटाइम मिडिया चलाउँथे । उपभोक्ता मञ्चका पश्चिमाञ्चल समितिका सचिव तिवारीले भने– पोखरामा उपभोक्ता मञ्च गठन गर्ने विचार गरेका छौं । तपाईले सहयोग गरि दिनु प¥यो ।
उपभोक्ताको हितमा काम गर्ने संस्था पोखरामा खोल्दा राम्रै होला भने– भन्नुस्, मैले कसरी सहयोग गर्ने हो ? तिवारीले भने– आम उपभोक्ताको एउटा बृहत भेला गर्नुपर्ने र त्यसबाट उपभोक्ता संघ गठन गरेर उपभोक्ता अधिकारको क्षेत्रमा कार्य गर्नु प¥यो ।
कोइरालाले ती पुराना याद स्मरण गर्दै भने– त्यस वेला केन्द्रमा हरेन्द्रबहादुर श्रेष्ठ अध्यक्ष थिए भने महासचिवमा प्रेमलाल महर्जन । त्यसबेलाको केन्द्रिय समितिले मलाई भेला आयोजना गर्ने संयोजक तोकि पत्र नै पठायो । मैले आफ्नै घर परिसरमा (सिद्धार्थ लभडेल वोर्डिङ्ग स्कुल) वृहद भेला बोलाए । सोही भेलाले मेरै अध्यक्षतामा उपभोक्ता मञ्चको गठन ग¥यो । जहाँ सचिवमा पूर्णभद्र अर्याल र कोषाध्यक्षमा ध्रुव रेग्मी लगायतका साथी थिए । यसरी पोखरामा विधिवत उपभोक्ता मञ्चको जन्म भएको थियो ।
उपभोक्ता मञ्चको जन्म त भयो तर चुनौती थुप्रै थिए । संस्थासँग कुनै बजेट थिएन । बजेट नभए पछी अफिस भाडामा राख्न सक्ने अवस्था भएन । तसर्थ आफ्नै घरमा अफिस बनाएर उपभोक्ता मञ्चलाई सक्रिय पार्दै लगे । केन्द्रले उपभोक्ता जागरण भन्ने त्रैमासिक बुलेटिन निकाल्थ्यो । त्यसमा पोखराका केही विज्ञापन छापेर सामान्य रकम जम्मा गरियो । अनि शुरुवाती चरणमा उपभोक्ता संस्था गठन भएको र सहकार्यका लागि भनेर सम्वन्धित कार्यालय र संस्थाहरुमा पत्राचार गर्ने, ध्यानाकर्षण गर्ने, ज्ञापनपत्र वुझाउने र सर्वसाधारणमा सचेतनाका लागि विज्ञप्ती जारी गर्ने जस्ता कार्यहरू गरिए । हाम्रो सक्रियताका कारण तत्कालीन उपभोक्ता संरक्षण ऐन र नियमावलीमा व्यवस्था भएको जिल्ला अनुगमन समिति र जिल्ला क्षतिपूर्ति समिति दुवैमा सरकारले हामीलाई मनोनयन ग¥यो । अनि त्यही समिति मार्फत आफ्नो गतिविधीलाई अझै सशक्त पार्दै अगाडि बढाइयो ।
कोइरालाले थपे – जति वेला हामीले उपभोक्ता मञ्च गठन ग¥यो, त्यो बेला मानिसहरुलाई उभोक्ताअधिकार (ऋयलकगmभच च्ष्नजतक) को बारेमा थाहै थिएन । उपभोक्ता अधिकारको त कुरै छाडौं, उपभोक्ता भनेको के हो ? भन्ने सम्म थाहा थिएन । त्यस्तो परिस्थितिमा उपभोक्ता अधिकारका लागि कार्य गर्नु सहज थिएन । हामीले गरेको निरन्तरको प्रयास पछि आम उपभोक्तामा धेरै चेतना बढेको पाउँछु । उपभोक्ताको अधिकार हुँदो रहेछ भनेर थाहा पाए । मान्छेहरुले सामान खरिद गर्दा लेवल हेर्ने ःच्ए मूल्य हेर्ने, उत्पादन हेर्ने, विल, विजक लिने÷माग्ने गर्न थालेका छन् । व्यवसायीले पनि पसलमा मूल्य सूची टास्ने, नापतौलका इकाईहरु नविकरण गरेर अपडेट गर्ने, डेट एक्स्पाएर सामान छुट्याउने गर्न थालेका छन् । भ्रमात्मक विज्ञापनको प्रचार– प्रसारमा पनि कमी आएको छ । मिसावट र विषादीको प्रयोगमा न्यूनिकरण भएको पाइन्छ । त्यस्तै सरकारी निकाय पहिला भन्दा धेरै जिम्मेवार बनेको छ । केही विषय वाहेक अधिकांश उपभोक्तावादी ऐन कानुन कार्यान्वयनको अवस्था छ । मिडियाले पनि यो क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ । हामीले गरेको कार्यलाई राम्रो प्रचार प्रसार गरि दिनाले सचेतनाको कुरा प्रभावकारी हुन सकेको छ । समाजमा देखिएका यिनै कुराहरु परिवर्तन हुन् ।
महिला पुस्तकको प्रिन्टेड मूल्यमा कालो पोतेर वा स्टिकर टासेर थप अनधिकृत मूल्य राखेर विक्री गरी उपभोक्तालाई ठगि गर्ने गरिएको थियो । मैले त्यसको विरुद्धमा अभियान चलाएँ । उनीहरुलाई कारबाहीको दायरामा ल्याइयो । हाम्रो यो काम पोखराबाट शुरु भै राष्ट्रभरी नै फैलियो । परिणामस्वरुप सरकारले पुस्तकको मूल्य निर्धारण गर्ने नीति बनायो । अहिले त्यस प्रकारको ठगी ठप्प भै सकेको छ । यो उपलब्धि हो । त्यस्तै, डाक्टरहरुले बिरामी जाचेको शुल्क जथाभावी लिने गरेका आम उपभोक्ताको गुनासो पछि त्यसको लागि पनि हामीले अभियान संचालन ग¥यौं । यो कामलाई पनि राष्ट्रिय मिडियाहरुले प्रमुखताका साथ प्रचार–प्रसार गरे ।
फलतः चिकित्सकको परीक्षण परामर्श शुल्क सम्बन्धि निर्देशिका २०७२ आई अनुगमन भएको छ । पोखरामा बोतल खानेपानीको मूल्य रु. २५ र जारको रु. ६० मा विक्री हुँदै आएकोमा हामीले पानी उद्योगको अनुगमन गरेर त्यसको वास्तविक लागत थाहा पाएपछि बोतल बाहिर उद्योग संघ सँग वार्ताद्धारा सहमति कायम गरेर बोतल को रु. १६ र जारको रु. ५० कायम ग¥यो । हामीले थुप्रै होटल, रेष्टुरेण्ट, उद्योग, मासु पसल, किराना पसल लगायतमा गरेको अनुगमनले त्यहाँ उल्लेखनीय सुधार भएको देख्दा खुसी लाग्छ । हरिचोकमा एउटा दानमोठ उद्योग विगत २२ वर्ष देखि परम्परागत र अस्तव्यस्त तरिकाले संचालन हुँदै आएकोमा अनुगमनपछी दिएको सुझावलाई उनले कार्यान्वयन गरेर अहिले उद्योगको कायापलट भएको छ । त्यस्तै परिवर्तन एउटा घिनलाग्दो पाउरोटी उद्योगमा पनि भए । अन्य थुप्रै थुपै छन् । गणेशटोल स्थित एउटा चाउमिन उद्योगमा हामीले गरेको अनुगमनको भिडियो युट्युवमा ३२ लाखले हेरे । २६५०० ले शेयर गरे । अनुगमनको भिडियो पनि हजारौंले हेर्नु ठूलो कुरा हो । यो कुनै मनोरज्ज हैन, प्रायः एकपटक हेरेपछी फेरी खासै हेरिदैनँ । उपभोक्ताको चासो महत्वपूर्ण हो । तरकारी, फलफूल र मासुजन्य वस्तुमा आकाशिएको महंगीलाई नियन्त्रण गर्न पनि हामीले बारम्बार प्रयास ग¥यौं । पटक–पटक मूल्य पनि घटाइयो तर यी नाशवान वस्तुको मूल्य तलमाथी भै रहने हुँदा सोचे जस्तो परिणाम प्राप्त गर्न गाह्रो भयो ।
(रबीन्द्र माकाजूको वाल बाट जस्ताको तेस्तै साभार)