निरा श्रेष्ठ
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे ।
महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।
जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालियो । जुन अद्यापि कायमै छ ।
नेपालको संविधान २०७२ मा महिला अधिकार संरक्षण गर्ने
सम्बन्धमा भएका व्यवस्थाहरू
-प्रस्तावनामा उल्लेख गरिएको प्रतिबद्धताहरू
सबै प्रकारका विभेद र उत्पिडनको अन्त्य,
– बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात,
-वर्गीय, जातीय क्षेत्रिय, भाषिक, धार्मिक, लैगिंक विभेद र सबैप्रकारका जातीय छुवाछुतको अन्त्य,
-आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न
समानुपातिक समावेशी र सहभागितामुलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण ।
प्रस्तावनामा उल्लेख गरिएको प्रतिबद्धताहरू
-नागरिक स्वतन्त्रता
-मौलिक अधिकार
-बालिक मताधिकार
-मानव अधिकार
-निर्वाचन
– पुर्ण प्रेस स्वतन्त्रता
-कानूनी राज्यको अवधारणा
-लोकतान्त्रिक मुल्य र मान्यता
-समानुपातिक समावेशी र सहभागितामुलक सिद्धान्त ।
नागरिकता सम्बन्धि व्यवस्था
नागरिकताको सन्दर्भमा भाग २ को धारा (१२) ले वंशीय आधार तथा लैंगिक पहिचान सहितको नागरिकता : आमा वा बाबुको नामबाट लैंगिक पहिचान सहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्नेछ भनि प्रष्ट व्यवस्था गरिएको छ ।
– नेपाली नागरिकसँग वैवाहिक सम्वन्ध कायम गरेकी विदेशी
महिलाले चाहेमा संघिय कानून बमोजिम नेपालको अंगीकृत
नागरिकता लिन सक्नेछ ।
– विदेशीसँग विवाह गरी नेपाली महिलाले जन्माएको व्यक्ति नेपालमा नै बस्यो भने अंगीकृत नागरिकता प्राप्त गर्छ ।
समानताको हक
– कानूनको दृष्टीमा समान
कानूनको समान संरक्षणबाट वञ्चित गरिने छैन
सामान्य कानूनको प्रयोगमा उत्पति, धर्म, वर्ण, जात जाती, लिंग
‘आर्थिक अवस्था, शारिरीक अवस्था, अपांगता, स्वास्थ्य स्थिती
वैवाहिक स्थिती, भाषा, क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य
‘आधारमा भेदभाव गर्ने छैन ।
महिलाको हक अन्तर्गतः
(१) प्रत्येक महिलालाई लैंगिक भेदभावविना समान वंशीय
हक हुनेछ ।
(२) प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्वन्धि
हक हुनेछ ।
(३) महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य,मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । त्यस्तो कार्य कानून बमोजिम दण्डनिय हुनेछ र पीडितलाई कानून बमोजिम क्षतिपुर्ति पाउने हक हुनेछ,
(४) राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ ।
(५) महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ ।
(६) सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पत्तीको समान हक हुनेछ ।
सामाजिक न्यायको हक
सामाजिक रूपले पछाडी परेका महिला, दलित, आदिवासी, आदिवासी ,जनजाती, मधेशी, थारू, अल्पसंख्यक, अपांगता भएका व्यक्ती,सिमान्तकृत, मुश्लिम, पिछडा वर्ग, लैंगिक तथा यौनिक अल्पसंख्यक,युवा, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिकरूपले विपन्न खस आर्यलाई समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक हुनेछ ।
सामाजिक सुरक्षाको हक
आर्थिक रूपले विपन्न, अशक्त, असहाय एकल महिला,
अपांगता भएका, बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई सामाजिक सुरक्षाको हक हुनेछ।
राज्यका नीतिहरू
सामाजिक न्याय र समावेशीकरण सम्बन्धि नीति
१. असहाय अवस्थामा रहेका एकल महिलालाई सीप, क्षमता र योग्यताको आधारमा रोजगारीमा प्राथमिकता दिदै जिविकोपार्जनका लागि समुचित व्यवस्था गर्दै जाने
– जोखिममा परेका, सामाजिक र पारिवारीक बहिष्करणमा परेका तथा हिंसा पीडित महिलालाई पुर्नस्थापना, संरक्षण, सशक्तीकरण गरी स्वावलम्बी बनाउने
-प्रजनन् अवस्थामा आवश्यक सेवा सुविधा उपभोगको सुनिश्चता गर्ने ।
महिलाको प्रतिनिधित्व
-राष्ट्रपति वा उपरापष्ट्रपति मध्ये १ जना महिला हुनुपर्ने
– प्रतिनिधि सभा
संसदको प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तिमा एक तिहाइ सदस्य महिला हुनु पर्नेछ भनि व्यवस्था गरिएको छ ।
– राष्ट्रिय सभा
राष्ट्रिय सभाको गठनमा प्रत्येक प्रदेशबाट कम्तिमा तीन जना महिला राष्ट्रिय सभाको सदस्य रहनेछन् भनी व्यवस्था गरिएको छ ।
त्यसैगरी (ख) मा नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित कम्तीमा एक जना महिला सहित तीन जनाको व्यवस्था गरीएको छ।
– सभामुख र उपसभामुख चयन
प्रतिनिधि सभाको सभामुख र उपसभामुख चयन गर्दा सभामुख र उपसभामुख मध्ये एक जना महिला हुनेगरी गर्नुपर्ने व्यवस्था छ ।
– राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष
राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्दा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष मध्ये एक जना महिला हुने गरी गर्नु पर्नेछ भन्ने व्यवस्था छ ।
– प्रदेश सभाको गठन
प्रदेश व्यवस्थापिकामा प्रदेश सभाको गठन गर्दा प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तिमा एक तिहाइ सदस्य महिला हुनु पर्नेछ भनि व्यवस्
– प्रदेश सभाको सभामुख र उपसभामुख
प्रदेश सभाको सभामुख र उपसभामुख चयन गर्दा सभामुख र
उपसभामुख मध्ये एक जना महिला हुने गरी गर्नु पर्ने व्यवस्था छ ।
– गाउँ सभाको निर्वाचन
गाउँ सभाको निर्वाचनमा चार जना महिला सदस्य रहने प्रावधान छ ।
गाँउ सभाको गठन गर्दा प्रत्येक वडाबाट कम्तीमा दुई जना महिला अनिवार्य रहनु पर्ने व्यवस्था छ ।
– जिल्ला सभा
जिल्ला सभाको लागि कम्तीमा तीन जना महिला रहनु पर्ने व्यव्स्था छ ।
नगर सभा
नगर सभाको गठन गर्दा प्रत्येक वडा बाट कम्तीमा दुई जना
महिला अनिवार्य रहनु पर्ने व्यवस्था छ ।
– नेपाली सेना
नेपाली सेनामा समावेशी सिद्धान्तका आधारमा प्रवेश गराउने
व्यवस्था गरिएको छ।
– राष्ट्रिय महिला आयोग
नेपालको संविधान २०७२ भाग २७ मा प्रथम पटक स्थापित ।
‘अध्यक्ष र ४ जना सदस्य ६ वर्ष पदावधिको लागी सवैधानिक
परिषदको सिफारिसमा राष्ट्रपतिले नियुक्ती गर्ने ।
एकपटक नियुक्त भएको व्यक्तिलाई पुन नियुक्ती नहुने तर सदस्यमा नियुक्त भएको व्यक्तिको पदावधि जोडेर अध्यक्ष हुने पाउने ।
‘अध्यक्ष र सदस्यको लागि महिलाको हक, हित वा लैगिक न्याय वा महिला विकास वा मानव अधिकार र कानूनको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको महिला हुनुपर्ने ।
अध्यक्षको हकमा मात्र स्नातक तह पास गरेको अनिवार्यता ।
नियुक्ती हुँदाका वखत कुनै राजनीतिक दलको सदस्य नरहेको,पैतालिस वर्ष उमेर पुरा भएको, उच्च नैतिक चरित्र भएको ।संघिय कानून बमोजिम पारिश्रमिक व्यवस्था
यसको सदस्य र अध्यक्ष अन्य सरकारी सेवामा नियुक्ती स्वीकार नहुने, अनुसन्धान गर्नका लागि वाधा नहुने ।
हजारौॅ सहिदका बलिदानीबाट प्राप्त हक अधिकार पहॅुच हुनेले सदुपयोग गरौं पहॅुच नहुनेले उपयोग गरौं।
वीर सहिद अमर रहून्!!!
निरा श्रेष्ठ को फेसबुक वाल बाट जस्ताको तेस्तै साभार