• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

निखिल भन्छन साँझको ५ बजेपछि सर्नु हुँदैन भन्ने कोरोनालाई थाहा छैन


  •    संवाददाता/ शुक्रबार, चैत २१, २०७६  

  • कोरोनाको संक्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’ गरेपछि धनाड्य हुन् वा मजदूर, सबै घरभित्र नजरबन्द हुनुपरेको छ । तर, नेपाली फिल्म एक्सन स्टार निखिल उप्रेती घरलाई खोर भन्ने शब्द प्रयोग गर्न रुचाउँछन् । बाध्यताले कुनै ठाउँमा बाँधिएर बस्नुपर्छ भने त्यसलाई घर भन्न नमिल्ने उनको तर्क छ । जति नै सुःख सुविधाको घर भए पनि बाध्यताले एकै ठाउँमा बस्नु परे त्यो खोर हुने उनी बताउँछन् ।

    फेसबुकमा एक भिडियो सन्देश साझेदार गर्दै अभिनेता निखिल उप्रेतीले भनेका छन्, ‘म घर भन्दा पनि खोर भन्ने शब्द प्रयोग गर्न चाहन्छु । एक किसिमको अहंकार र घमण्डले मात्र हामीले घर, महल, दरवार भन्न थालेका हौं । जब बाध्यताले कुनै ठाउँमा बाँधिएर बस्नुपर्छ भने जति नै सुःख सुविधाको घरहरु पनि खोर हुन्छ । अहिले हामीलाई खोरमा बस्न कोरोनाले बाध्य गराएको छ ।’

    मानिसले गरेको गल्तीकै कारण कोरोना आएको उनी बताउँछन् । निखिल भन्छन्, ‘विज्ञानले प्रगतिको पराकाष्ट कुनैमा गरेको छ भने त्यो हात-हतियारमा हो । अहिले विश्वका कतिपय देशसँग क्षणभरमा विश्वलाई समाप्त पार्ने हतियार छन् । हामीले हिंसा र हत्याका लागि नै विज्ञानको प्रयोग गर्दै आएका छौं । र, त्यही विकासको क्रममा हामीले गरेको गल्तीले नै यो कोरोना आएको हो ।’

    अति सुक्ष्म कोरोनाले हतियारधारी देशलाई समेत आफ्नै खोरभित्र बस्न बाध्य बनाएको अभिनेता निखिलको भनाई छ । कोरोना फैलिनुको कारण मानिसले गरेको गल्तीको परिणाम रहेको बताउँदै उनी अगाडि भन्छन्, ‘हामी खोरमा बस्दा समेत चैनसँग बस्न सकेका छैनौं । हामी आफैंले कोरोनालाई जन्म दिएका हौं । हामीले गल्ती नै गरिसकेका छौं भने अब सयंमताका साथ बसौंन ।’

    ‘हामीलाई थाहा छ कि कोरोनाले नराम्रोसँग गस्रित पार्छ । मृत्युसम्म पुर्‍याउन सक्छ र एकबाट अर्कोमा सजिलै सर्छ । घरबाट बाहिर निस्कँदा पुलिसले लाठी चार्ज गर्छ भन्ने पनि थाहा छ । तर, हामीभित्रको कुन शक्ति हो जसले हामीलाई घरभित्र चैनसँग बस्न दिँदैन । हामीलाई रोडमै निस्कन मन लाग्छ,’ उनी मानिसभित्र हुने शक्तिले विकास र विनास दुवैमा लिएर जानसक्ने बताउँछन् ।

    कोरोनाले मृत्यु हुने, परिवारमा सर्ने र सडकमा निस्किए पुलिसको कुटाइ खाने डर हुँदा-हुँदै पनि यसको मतलब नगरि रोडमा निस्कन गर्ने साहस अरु क्षेत्रमा लगाए जीवनको अर्को पाटो सुरु हुने उनी सुनाउँछन् । अभिनेता निखिल उप्रेती साँझको ५ बजेपछि कोरोनालाई चुनौती दिँदै ‘लकडाउन’ उल्लंघन गरेर सडकमा निस्कने मानिसको भीड राजनीतिक प्रभावको रुपमा लिन्छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.