आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आजबाट नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछाने जोडिने भएका छन्
विदेश जान उनी माथि लगाइएको रोकलाई सर्वोच्च अदालतले खारेज गरिदिए पछि हिजो मात्रै युएई गएका लामिछानेले आज युएई विरुद्ध नेपालले खेल्ने भएका हुन् ।
सर्वोच्च अदालतको आदेशमा ढिला हुँदा विगतका खेलमा बाहिर रहेका लामिछाने आज भने मैदानमा देखिनेछन् ।
घरेलु मैदान टियुमा अघिल्लो साता नामिबिया र स्कटल्यान्डमाथि शतप्रतिशत जित निकालेको थियो नेपालले युएईमा भएको पहिलो खेलमा पपुवा न्युगिनीलाई ४ विकेटले हराउँदै जीत निकालेको थियो ।
नेपाल र युएईबीच ओडिआईमा कुल ९ खेल भएको छ । जसमा युएई ५ र नेपाल ४ खेलमा विजयी भएको छ । नेपालले गत पुसमा घरेलु मैदान टियुमा भएको तीन ओडिआई खेलको सिरिज २–१ ले जितेको थियो । २०१९ मा पनि युएईलाई उसकै घरेलु मैदानमा सिरिज २–१ ले जितेको थियो ।
युएई २९ खेलमा १३ मा जित र १३ मा हार सहित २९ अंकका साथ पाँचौँ स्थानमा छ भने नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा छ ।
यस खेलमा विजेता टोलीले २०२४ मा श्रीलंका हुने विश्वकपमा सहभागी हुन पाउनेछ । त्यसैले यो खेललाई नेपालले महत्त्वका साथ हेरेको छ ।