तिमी ब्यार्थमा शंकागर्छौं! मैले भनिहाले उनी अविवाहित हुन! उनले पालेको त्यो बच्चा सायद उनैको आफन्तको हो यतिकुरा मा म बिस्वस्त छु! पधेरामा पानी भर्दै गरेकी भगवतीले बृन्दा सगं भन्दै थिईन! हुनपनी गाउँको स्कुलमा भर्खर भर्खर आएर पढाउन थालेकी शिक्षिका कल्पनाको चर्चा गाउँ घरमा निकै चल्न थालेको थियो ।
कल्पना हेर्दा अविवाहित जस्ती देखिन्थिन तर स्कुल पढाउन आएका दिन देखि नै आफू सगै ५/७ बर्षिय बालिका साथमा लिएर पढाउन आएको देखेर गाउले हरु को मनमा शंका व्याप्त थियो। उमेर ले तीस नाघेकी मास्टरनि कल्पनाको सिउदो खालि देखिन्थ्यो हातका नाडी खाली देखिन्थे तरपनी साथमा रहेकी बालिका देखेर शंकाले खासखुस गर्नु पनि स्वभाविकै थियो। महिनाहरु बित्यो बर्ष बित्यो। बिधालयको बार्षिक समारोहको दिन आयो शिक्षण क्षेत्रका सबैजना को उपस्थिति थियो ।
सबैले वाल वालिकाको पठनपाठन का कुरा उठाए! बच्चाको पढ्न पाउने नैसर्गिक अधिकार को कुरा गरे! त्येसै बखद शिक्षिका कल्पनालाई पनि बोल्ने अवसर मिल्यो! उनी भन्दै थिईन ” मेरो घरमा बर्षौदेखी काम गर्ने घरबार बिहिन दिदिको अबैध सन्तान को रूपमा जन्म लिएकी प्यारी सपनाको भबिस्य र सारा गाउँ का प्यारा भाइ बैनी को उज्ज्वल भबिस्यको लागि म शहर बाट यो बिकट गाउँमा शिक्षाको उज्यालो ज्वती छर्न आएको हुँ! शिक्षक कल्पना ले भाषण गरि रहदा बृन्दा र भगवती भने मुखामुख गरेर हेर्दै थिए!
~आकाश अधिकारी- को वाल बाट जस्ताको तस्तै साभार







