सार्थक परिणाम को पर्खाइमा हुन्छ मान्छे!
बाहिर हासेपनी आसुले परेली धुन्छ मान्छे!
जित हार सहेर पनि सफलता उन्मुख सदैब अपार सुख पाएरै पनि घरीघरी रुन्छ मान्छे!
लुट्नु लुटाउनु जिबनमाको पर्याय बनेको छ सधैं आतुरता मा किन भबिस्य बुन्छ मान्छे!
बिश्वासमा दरार भेटिएको छ मान्छे भित्र !
तथापि पनि कानमा तेल हालेर सुन्छ मान्छे
तनहुँ