• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ ०१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत र नगर उप-प्रमुखसहित ११ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

" अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत र नगर उप-प्रमुखसहित ११ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर  "

  •    अभियान हाम्रो डटकम / शुक्रबार, फागुन १२, २०७९  

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत र नगर उप-प्रमुखसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    मुगुस्थित छायाँनाथ रारा नगरपालिका-११ मा स्वास्थ्य चौकीमा ग्याविन पर्खाल निर्माण गर्दा नक्कली विल भरपाई बनाई रकम हिनामिना गरेको आरोपमा ११ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।

    उक्त कार्यमा संलग्न छायाँनाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजङ्ग मल्ल, इन्जिनियर पदम बहादुर बुढा, सब–ओभरसियर गड बहादुर बुढा, छायाँनाथ रारा नगरपालिकाका तत्कालीन नगर उप-प्रमुख तथा अनुगमन समितिका संयोजक सुन्तला रोकाया, उक्त नगरपालिका १३ नम्बर वडाका तत्कालीन अध्यक्ष तथा अनुगमन समितिका सदस्य चक्र बहादुर सावत, तत्कालीन कार्यपालिकाका सदस्य तथा अनुगमन समितिका सदस्यहरू हजरकला कामी र हरिनी नेपाली विरुद्ध शुक्रबार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

    आयोगले मल्ल र बुढाद्वयलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिमको कसुरमा ७ लाख ५७ हजार तीन सय सात रुपैयाँ ६२ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१)  बमोजिम कैद र बिगो बमोजिमको जरिवाना गरी बिगो असुल उपर गर्न मागदाबी लिएको छ।

    त्यसैगरी अयोगले रोकाया, सावत, कामी र नेपालीविरुच हुँदै नभएको कार्यलाई निर्माण सम्पन्न भएको भनी गलत अनुगमन प्रतिवेदन प्रतिवेदन पेश गरी ७ लाख ५७ हजार तीन सय सात रुपैयाँ बैसठ्ठी पैसा रकम हिनामिना गरी नेपाल सरकारलाई हानि नोक्सानी गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को  उपदफा (२) बमोजिम कैद र जरिवाना गर्न मागदाबी गरेको छ ।

    छायाँनाथ रारा नगरपालिका, ११ नम्बर वडाका तत्कालीन वडा अध्यक्ष बुढाले नभए नगरेका कुरा देखाई गलत सिफारिस गरी रकम भुक्तानी लिने दिने कार्य गरी उक्त रकम बराबर रकम हिनामिना गरी नेपाल सरकारलाई हानि नोक्सानी गरेको आरोप आयोगको छ । आयोगले उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३)  बमोजिम कैद र बिगो बमोजिम जरिवाना गर्न मागदावी गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.