• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

५ लाख १६ हजार विद्यार्थी २०७९सालको एसईईको प्रश्नपत्र छपाइ शुरू; ५० जना कर्मचारीले प्रश्नपत्र छाप्नेछन्

"५ लाख १६ हजार विद्यार्थी २०७९सालको एसईईको प्रश्नपत्र छपाइ शुरू; ५० जना कर्मचारीले प्रश्नपत्र छाप्नेछन् "

  •    अभियान हाम्रो डट कम / सोमबार, फागुन ०८, २०७९  

  • काठमाडौं ।

    यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र छपाइ शुरू भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठसहितको टोली शनिबार जनक शिक्षा सामग्री पुगेको थियो । त्यसलगत्तै हिजो आइतबारबाट प्रश्नपत्र छपाइ शुरू भएको हो ।

    नेपाली सेनासहित तीन सुरक्षा निकायको घेराभित्र प्रश्नपत्र छपाइ शुरू भएको हो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रवक्ता चित्रकुमार आचार्यले करिब ७२ जनाको सुरक्षा घेरामा प्रश्नपत्र छाप्न थालिएको जानकारी दिनुभएको छ । सुरक्षाको कमान्ड नेपाली सेनाका सेनानीले गरेका छन् । भित्री घेरामा नेपाली सेना, त्यसपछि सशस्त्र र सबैभन्दा बाहिरी घेरामा नेपाल प्रहरीको टोली परिचालित छन् । केन्द्रका करिब ५० जना कर्मचारीले प्रश्नपत्र छाप्नेछन् ।

    प्रश्नपत्र छपाइको तयारीका लागि शुक्रबार बैठक भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीको अध्यक्षतामा बसेको बैठकले प्रश्नपत्र छपाइ गर्ने निर्णय गरेको थियो ।

    यो वर्ष ५ लाख १६ हजार विद्यार्थीका लागि प्रश्नपत्र छपाइ भइरहेको छ । परीक्षामा २ लाख ६० हजार छात्र र २ लाख ५६ हजार छात्रा सहभगी हुनेछन् । ती विद्यार्थीका लागि सातवटै प्रदेशमा फरकफरक सेटमा प्रश्नपत्र छपाइ हुनेछ छ ।

    प्रवक्ता आचार्यले २५ दिनमा सक्ने गरी छपाइ शुरू भएको बताउनुभयो । उहाँका अनुसार छपाइ भइसकेको प्रश्नपत्र सम्बन्धित केन्द्रमा पु¥याउनसमेत गरी करिब १ महिना लाग्नेछ । बोर्डले प्रदेशअनुसार फरकफरक सेटको प्रश्नपत्र छपाइ गर्ने जनाएको छ । बोर्डले फागुन मसान्तभित्र प्रश्नपत्र ढुवानी शुरू गर्नेछ ।

    बोर्डले विद्यार्थी संख्याभन्दा करिब १० प्रतिशत बढी प्रश्नपत्र छपाउनेछ । हरेक विषयको फरकफरक सेट प्रश्नपत्र छपाइ गर्नेछ । यस वर्ष ११ हजार ८ सय २९ परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षामा साधारण र प्राविधिक धारतर्फ गरी दुई प्रकारको परीक्षा हुनेछ ।

    प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी सहभागी हुनेछन् । परीक्षामा सबैभन्दा बढी वागमती प्रदेशमा विद्यार्थी रहेका छन् । वागमतीमा १ लाख ७ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । सबैभन्दा कम कर्णालीमा ४१ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।

    परीक्षामा साधारणतर्फ ६ र प्राविधिक धारतर्फ ६ अनिवार्य विषय छन् । ऐच्छिक पहिलोमा २४ र दोस्रोमा २३ विषय समावेश छन् । यो वर्षको परीक्षामा सबैभन्दा कम मनाङमा ५३ विद्यार्थीले परीक्षा दिँदै छन् । काठमाडौंका ३६ हजार विद्यार्थी छन् ।

    यस वर्षको परीक्षा आगामी चैत १७ देखि गतेबाट २९ गतेसम्म सञ्चालन हुँदै छ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी, वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य तथा अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ ।

    १९ गते अनिवार्य गणित, २० गते अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीहरूका लागि अङ्ग्रेजी (इलेक्टिभ अङ्ग्रेजी), २२ गते अनिवार्य विज्ञान, वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवाद, २३ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुनेछ । २४ गते संस्कृततर्फ अनिवार्य संस्कृत भाषाको परीक्षा हुनेछ । परीक्षा चैत २९ गते सकिने बोर्डले जनाएको छ । परीक्षा बिहान ८ बजेबाट शुरू हुनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    ताजा अपडेट
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण
    • एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.