• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

५ लाख १६ हजार विद्यार्थी २०७९सालको एसईईको प्रश्नपत्र छपाइ शुरू; ५० जना कर्मचारीले प्रश्नपत्र छाप्नेछन्

"५ लाख १६ हजार विद्यार्थी २०७९सालको एसईईको प्रश्नपत्र छपाइ शुरू; ५० जना कर्मचारीले प्रश्नपत्र छाप्नेछन् "

  •    अभियान हाम्रो डट कम / सोमबार, फागुन ०८, २०७९  

  • काठमाडौं ।

    यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र छपाइ शुरू भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठसहितको टोली शनिबार जनक शिक्षा सामग्री पुगेको थियो । त्यसलगत्तै हिजो आइतबारबाट प्रश्नपत्र छपाइ शुरू भएको हो ।

    नेपाली सेनासहित तीन सुरक्षा निकायको घेराभित्र प्रश्नपत्र छपाइ शुरू भएको हो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रवक्ता चित्रकुमार आचार्यले करिब ७२ जनाको सुरक्षा घेरामा प्रश्नपत्र छाप्न थालिएको जानकारी दिनुभएको छ । सुरक्षाको कमान्ड नेपाली सेनाका सेनानीले गरेका छन् । भित्री घेरामा नेपाली सेना, त्यसपछि सशस्त्र र सबैभन्दा बाहिरी घेरामा नेपाल प्रहरीको टोली परिचालित छन् । केन्द्रका करिब ५० जना कर्मचारीले प्रश्नपत्र छाप्नेछन् ।

    प्रश्नपत्र छपाइको तयारीका लागि शुक्रबार बैठक भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीको अध्यक्षतामा बसेको बैठकले प्रश्नपत्र छपाइ गर्ने निर्णय गरेको थियो ।

    यो वर्ष ५ लाख १६ हजार विद्यार्थीका लागि प्रश्नपत्र छपाइ भइरहेको छ । परीक्षामा २ लाख ६० हजार छात्र र २ लाख ५६ हजार छात्रा सहभगी हुनेछन् । ती विद्यार्थीका लागि सातवटै प्रदेशमा फरकफरक सेटमा प्रश्नपत्र छपाइ हुनेछ छ ।

    प्रवक्ता आचार्यले २५ दिनमा सक्ने गरी छपाइ शुरू भएको बताउनुभयो । उहाँका अनुसार छपाइ भइसकेको प्रश्नपत्र सम्बन्धित केन्द्रमा पु¥याउनसमेत गरी करिब १ महिना लाग्नेछ । बोर्डले प्रदेशअनुसार फरकफरक सेटको प्रश्नपत्र छपाइ गर्ने जनाएको छ । बोर्डले फागुन मसान्तभित्र प्रश्नपत्र ढुवानी शुरू गर्नेछ ।

    बोर्डले विद्यार्थी संख्याभन्दा करिब १० प्रतिशत बढी प्रश्नपत्र छपाउनेछ । हरेक विषयको फरकफरक सेट प्रश्नपत्र छपाइ गर्नेछ । यस वर्ष ११ हजार ८ सय २९ परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षामा साधारण र प्राविधिक धारतर्फ गरी दुई प्रकारको परीक्षा हुनेछ ।

    प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी सहभागी हुनेछन् । परीक्षामा सबैभन्दा बढी वागमती प्रदेशमा विद्यार्थी रहेका छन् । वागमतीमा १ लाख ७ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । सबैभन्दा कम कर्णालीमा ४१ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।

    परीक्षामा साधारणतर्फ ६ र प्राविधिक धारतर्फ ६ अनिवार्य विषय छन् । ऐच्छिक पहिलोमा २४ र दोस्रोमा २३ विषय समावेश छन् । यो वर्षको परीक्षामा सबैभन्दा कम मनाङमा ५३ विद्यार्थीले परीक्षा दिँदै छन् । काठमाडौंका ३६ हजार विद्यार्थी छन् ।

    यस वर्षको परीक्षा आगामी चैत १७ देखि गतेबाट २९ गतेसम्म सञ्चालन हुँदै छ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी, वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य तथा अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ ।

    १९ गते अनिवार्य गणित, २० गते अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीहरूका लागि अङ्ग्रेजी (इलेक्टिभ अङ्ग्रेजी), २२ गते अनिवार्य विज्ञान, वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवाद, २३ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुनेछ । २४ गते संस्कृततर्फ अनिवार्य संस्कृत भाषाको परीक्षा हुनेछ । परीक्षा चैत २९ गते सकिने बोर्डले जनाएको छ । परीक्षा बिहान ८ बजेबाट शुरू हुनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.