• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, कार्तिक २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सम्मानित ज्येष्ठ नागरिक वेदनिधि

"सम्मानित ज्येष्ठ नागरिक वेदनिधि  "

  •    लेखक रवीन्द्र माकाजू/ आइतबार, फागुन ०७, २०७९  

  • – रवीन्द्र माकाजू
           समाजसेवी वेदनिधि शर्मा अधिकारी अहिले ८४ वर्षको उमेरमा पदार्पण गर्दै हुनुहुन्छ । जीवनको ८ दशकमा उहाँले अनेकौं उकाली ओराली यात्रा गर्न भ्याउनु भयो । जीवनका उत्तराद्र्धमा अहिले समाजसेवामा आफूलाई केन्द्रित गर्दै आफ्नो जीवन धन्य र सार्थक बनाउन जुट्ने गर्नुहुन्छ । प्रस्तुत छ उहाँको संक्षिप्त जीवनयात्रा ।
    कास्की जिल्लाको ऐतिहासिक थलो कास्कीकोटमा वि.सं. १९९६ साल असोज १८ गते पिता गजाधर र माता सावित्रीदेवीको सुपुत्रको रूपमा समाजसेवी वेदनिधि शर्मा अधिकारीको जन्म भएको थियो । (हाल पोखरा महानगरपालिका वडा नं. २४ ठूली पोखरीको माथिल्लो भेक ।) त्यसबेला गाउँमा विद्यालय हुन्थेन । बाबा गजाधरले उनलाई पढाउन चाहे पनि सम्भव भएन । १२।१३ वर्षको उमेरसम्म वेदनिधिले भेडा, गाई, भैसीको गोठालो बने । यसै क्रममा उनले आफू सरहको व्यक्तिले चौतारामा बसेर पढिरहेको देखे । सो दृश्य देखेर वेदनिधिका मनमा पढ्ने जाँगर पलायो । वेदनिधि ती साथीका घरमा पुगेर आफूलाई पनि पढ्ने ईच्छा जागेको कुरा बताए । ती साथीका बाबुले वेदनिधिलाई हौँसाउँदै भने– बाबु पढ्नु पर्छ । नपढे हली भइन्छ । वेदनिधि घरमा आएर दाइसँग आफ्नो पढ्ने रहर व्यक्त गरे । दाइले भने– अब तिमी ठूलो भैसक्यौ पढ्न नजाऊ ।
                                                              May be an image of 3 people and people standing
    यो शब्दले वेदनिधि झनै झस्किए । भित्री मनबाट झनै पढ्ने ईच्छा जागेर आयो । उनले सोचे– म काम गर्दागर्दै जहाँ भए पनि पढ्छु भन्ने संकल्प गरेर बजारबाट ठूलो वर्णमाला अर्थात पहिलो पुस्तक किनेर ल्याए । जहाँ गए पनि एकपटक पुस्तक पढ्ने बानी बसाले । दुर्गा कवज र चण्डीका श्लोकहरु घोक्दै कण्ठ पार्न थाले । आफू भन्दा जान्ने, बुझ्ने, पढेलेखेकाहरु सँगबाट पात्रो, श्लोक, तमसुक लेख्न सिके । घर व्यवहारका कुराहरु पनि सिके । यत्ति कुराले मात्र पनि उनलाई चित्त बुझेन । उनी त्यतिबेला १७ वर्षका थिए । घरबाट भागेर ज्योतिष विद्या पढ्न पर्वत जिल्लाको पाङ पुगे । वेदनिधिले आफू पढ्न घरबाट भागेको वृत्तान्त सुनाए । गुरु हरिदत्त अर्याल कोमल हृदयका हुँदा आफ्नै पुस्तक दिएर वेदनिधिलाई पढाउन थाले । एक महिनापछि वेदनिधि पाङमा पढ्न गएको खबर पाई दाजु भुवानीले खर्चपर्च लिएर पाङ आए । त्यहाँ उनले निकै मेहनत साथ ज्योतिष विधाका फलित ग्रन्थहरु पढे । ठूला गुरु रमाकान्तले भास्वती ग्रन्थ गुनेर पात्रो लेख्न सक्ने बनाए । त्यसपछि वेदनिधि आफ्नो जन्मथलो फर्केर चिना लेख्ने, हेराउने, भविष्य बताउने जस्ता कार्य गर्न थाले । दिउँसोको खाली समयमा गाउँ पञ्चायतमा सचिवले गर्ने काम गर्दथे ।
    केही दिनपछि एकजना जिल्ला पञ्चायतका खर्दार सचिव नियुक्त गर्न गाउँमा आए । वेदनिधिसँग उनको शैक्षिक प्रमाणपत्र मागे तर उनीसँग त्यस्तो शैक्षिक प्रमाणपत्र थिएन । ती खर्दारले प्रमाणपत्र नभएका कारण उनलाई नियुक्तिपत्र दिन मानेनन् । वेदनिधिले त्यसबेला थाहा पाए परम्परादेखि चलिआएको शिक्षापद्धतिलाई सरकारले मान्यता दिँदोरहेनछ । सरकार विदेशीहरुका इशारामा चल्ने रहेछ । वेदनिधिलाई यस घटनाले ठूलो चोट पु¥यायो । उनले सोचे – म अब पोखरा झर्छु र विद्यालयमा पढ्छु ।
    पोखरा झरेपछि काम खोज्दै जाँदा प्रहरी सेवामा जागिरे भए । पुरानो टुडीखेलमा रहेको रात्री पाठशालामा भर्ना भए । त्यतिबेला सेक्सन ब्।द्य।ऋ भन्ने चलन थियो । अर्थात् ५।६ कक्षालाई ऋ, ७।८ कक्षासम्मलाई द्य र ९।१० कक्षालाई ब् सेक्सन भनिन्थ्यो । उनले अति दुःखका साथ द्य सेक्सन पास गर्दै थिए । त्यतिबेला केन्द्रबाट एउटा परिपत्र आयो जागिरेहरूले अबदेखि पढ्न नपाइने । वेदनिधिलाई आपत आइप¥यो । उनको पढ्ने सपना तुहियो । उनी लगायत अन्य ४ जना साथीलाई गुप्तचर विभाग सि. आइ. डि. तालिममा भाग लिन पठाइयो ।
    त्यसबेला पञ्चायतका विरोधीहरुलाई अराष्ट्रियतत्व भनिन्थ्यो । क–कस्ले पञ्चायतको विरोध गर्छन् तिनको सुराकी गर्न सिभिल डे«समा उनलाई घुम्न पठाइयो । उनलाई यो काम पटक्कै मन परेन । कतिबेला यो जागिर छोडुँ जस्तो भयो, उनी छटपटिए । जागिरबाट राजिनामा दिए । तर लामो समयसम्म पनि राजिनामा स्वीकृत भएन ।
    गाउँ पञ्चायतबाट सिफारिस पाएपछि मात्र बल्लबल्ल उनको राजिनामा स्वीकृत भयो । त्यसबेला उनको हातमा १५ सय रूपैया थियो । त्यसपछि उनी तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य जनकराज चालिसेलाई भेट्न पुगे । चालिसेले वेदनिधिलाई भने– यहाँ एउटा जग्गा किन । यहाँ एउटा खोर बिक्रीमा छ, १२०० भन्छन् । यही जग्गा किन । यसै एरियामा सरकारी अड्डा आउँदैछ । वेदनिधिले सो जग्गा हेर्न गए । सिरु र वयरघारी बिचको ठूल्ठूला सिमलको रुखका बिच चाक्लो करिब ९।१० रोपनी जग्गा थियो । वरपर कसैको घर थिएन । वेदनिधिलाई चित्त बुझेन र आफ्नो जन्मस्थल फर्किए ।
    त्यसपछि तत्कालीन भिचुक गाउँ पञ्चायतका प्रधानपञ्च प्रतापबहादुर गुरुङ्गसँग भेट भयो । गुरुङ्गले वेदनिधिसँग सेक्सन द्य पास गरेको प्रमाणपत्र भएको थाहा पाएर लान्द्रुकमा शिक्षक भएर सेवा गर्न प्रस्ताव राखे । उनले २ वर्ष सेवा गरे । लगत्तै तत्कालीन मान्दे्रढुंगा गाउँपञ्चायतका प्रधानपञ्च रामेश्वर बस्ताकोटी र कृष्णप्रसाद उपाध्यायले यही आउनुस् विद्यालय खोलौ र गाउँको विकास गरौं भन्नुभयो । पोखरीचौरमा विद्यालय स्थापना गरियो । अहिले उक्त विद्यालय पहरेपानीमा कालिका मा.विका नाउँमा सञ्चालन भै राखेको छ । वेदिनिधि गाउँका सचिव पनि थिए । गाउँको विकास निर्माणमा सहभागी बन्न पाउँदा आनन्दको अनुभूति हुन्थ्यो । विद्यालयमा शिक्षक, कर्मचारीलाई तलब खुवाउन धौ धौ पर्दथ्यो । स्थानीय जनतासँग प्रतिरोपनी एक रूपैया शिक्षा शुल्क उठाउन टिम बनाएर घर घर जानु पर्दथ्यो ।
    गाउँको सचिव भएर काम गर्दा घर लथालिङ्ग हुने अवस्था भयो । घरखर्च चलाउन वेदनिधिले बिदामा बजारबाट कपडा ल्याएर गाउँघरमा बेच्न थाले । यसै क्रममा प्रधानपञ्च प्रतापबहादुर गुरुङ्गले भने– यसरी बजारबाट कपडा ल्याएर बेच्नु भन्दा बागबजारमा मेरो घर छ तिमीले पसल गर्ने हो भने घर दिन्छु भने । वेदनिधिलाई ढुंगा खोज्दा देवता मिले जस्तो भयो । प्रताप बा सँग मिलेर साझेदारीमा पसल चलाए । पसल राम्ररी चल्दै थियो । प्रताप बाले पसल भएको घर नै बेचिदिए । पुरै पसल आफ्नो बनाउनुपर्ने अवस्था भयो । वेदनिधिलाई आपत थपियो । साझेदारीलाई रकम दिनुपर्दा पसल नै चलाउन नसकिने अवस्था देखाप¥यो ।
    तर वेदनिधिले धैर्यता र संयमता छाडेनन् । उनले उपाय सोचे । संयोगवस बागबजारका व्यापारी साथी ईश्वरीप्रसादले आफ्ना दाजु सूर्यप्रसाद प्रधानले बुटवलमा होलसेलमा कपडा पसल राखेको कुरा सुनाए । जसलाई पाङमा बस्दा वेदनिधिले राम्ररी चिनेर मित्रता कायम गरेका थिए । अधिकारीलाई आधार जाग्यो । उनी बुटवलमा प्रधानलाई भेट्न हानिए । वेदनिधिले आफ्ना कहानी सुनाए र सहयोगका लागि अनुरोध गरे । उनले वेदनिधिका वचन टार्न सकेनन् र भने– म तपाईंलाई केही सामान उधारो दिन्छु तपाई आम्दै गर्नुस् । कपडाको भारी लिएर वेदनिधि पोखरा आए । साझेदार प्रताप बा लाई तपाईंलाई बुझाउनु पर्ने रकम म किस्ता किस्तामा तिर्छु भनेर मनाए । अधिकारीलाई चिन्ता थपियो – सामान त उधारोमा ल्याइयो, तिर्न सकिन्छ कि सकिन्न ।
    व्यापार बढ्न थाल्यो । उधारो सामान ल्याएको रकम १०।१५ दिन पछि जम्मा गरेर बैंक मार्फत् बुटवल पठाए साथै उनले चिठीमा लेखे– तपाईंले मलाई पुन सहयोग गर्न चाहनुहुन्छ भने वाना टुटेका सामानहरु पठाइदिनुहोला । साहु सूर्यप्रसादले अधिकारीको अर्डर गरेको सामान बसमा राखेर पोखरा पठाइदिए । अधिकारीको पसल दिन गुना रात चौगुनाको हिसावमा चलन थाल्यो । मिठो बोली वचन र सत्य, यथार्थ व्यवहारका कारण ग्राहकको भीड लाग्न थाल्यो । उनी आफ्नो यस सफलता मूलनायकको रूपमा पूर्व सांसद एवं बुटवल नगरमा मेयर स्व. सूर्यप्रसाद प्रधानको गुण जीवनमा कहिले भुल्न सक्दैनन् ।
    प्रधानले बिस्कुट कम्पनी सञ्चालन गर्ने भएपछि आफूसँग भएको सबै कपडा वेदनिधिलाई पठाइदिए । साथै आफूले कारोबार गर्ने कपडा मिल मालिकसँग पनि परिचय गराए । यसरी आफूले होलसेल कपडा पसल सञ्चालन गर्न पाएको इतिहास बताउँछन् समाजसेवी वेदनिधि अधिकारी । अधिकारी भन्छन्– “प्रधान आफ्ना मित्र मात्र नभै परमात्माकै रूपमा आए झैं लाग्छ जसको गुण म कहिले बिर्सन सक्दिन ।”
    “मेरो जीवनमा केही यस्ता भित्र तथा शुभचिन्तक देखापरे । जसलाई म जीवनभर श्रद्धा राख्छु” भन्दै अधिकारी भन्दछन्– “मलाई पोखरामा व्यापार गर्न हौसाउने पूर्व प्रधानपञ्च प्रतापबहादुर गुरुङ्गको अलावा पोखराका पूर्वमेयर भोला थापाको गुण पनि म जीवनमा कहिले बिर्सन सक्दिन । जसले मलाई उधारोमा घडेरी दिनुभयो ।” मान्छेले वेदनिधिका मिठो बोलीवचन र कुशल व्यवहार देखेर विश्वास गर्दथे । उनी सबैका विश्वासपात्र थिए । उनलाई काठमाडौंका व्यापारी मालिराम अग्रवालले उधारोमा सिमेन्ट र छड पठाएर सहयोग गरे । हेर्दाहेर्दै वेदनिधिले बगरमा आफ्नै घर बनाएर व्यापार चलाउँदै गए ।
    गाउँका कर्मठ उत्साही युवाहरुलाई उनले व्यापार गर्न सिकाए । तिनीहरुले पनि व्यापार गरेर मनग्य कमाए । वेदनिधि सबैसँग इमान्दारितापूर्वक व्यवहार गर्दथे । उनले शुरुमा पोखरा झर्दा जगदम्बा गुप्तकालिका मातासँग यही आशीर्वाद मागेका थिए– “सन्तानहरुलाई उच्च शिक्षा दिन सकुँ । सबैको कल्याण गर्दै सबैको विश्वास जित्न सकुँ ।”
    वेदनिधिले विस्तारै वगरलाई भन्दा नयाँ वस्तीमा उज्वल भविष्य देखे । पोखराको पृथ्वीचोक र महेन्द्रपुलमा व्यापार गरे । सन्तानहरु हुर्केपछि उनले व्यवसायबाट चट्ट हात झिके । ठूला छोरा नारायण शर्माले आफ्नै व्यवसायलाई अगाडि बढाए साथै पोखरा जेसिज लगायत थुपै्र संस्थामा उनी आबद्ध छन् । साना छोरा दामोदर शर्मा मणिपाल कलेजमा पढाउँछन् । छोरीहरुलाई पढाएर बिहेबारी गरिदिएका छन् ।
                                  रवीन्द्र माकाजू फेसबुक वाल बाट जस्ताको तेस्तै
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.