• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

२०२४ को कोपा अमेरिका फुटबल अमेरिकामा ,


  •    संवाददाता/ आइतबार, माघ १५, २०७९  

  • अभियानहाम्रो

    पोखरा – दक्षिण अमेरिकी महादेशको फुटबलको प्रतियोगिता कोपा अमेरिकाको आगामी संस्करण अमेरिकामा हुने भएको छ।

    कुल १६ टोलीले सहभागिता जनाउने प्रतियोगितामा दक्षिण अमेरिकाकाबाट १० टिम हुनेछन् भने उत्तर र मध्य अमेरिकी क्षेत्रबाट ६ टिमले प्रतिस्पर्धा गर्नेछन्।

    सन् २०२४ को कोपा अमेरिका आयोजना गर्ने पालो इक्वेडरको भए पनि त्यहाँको सरकारले आयोजना गर्न नसक्ने जनाएपछि दक्षिण अमेरिकी फुटबल संघ कन्मेबोलले अमेरिकालाई प्रतियोगिता आयोजना गर्न अनुमति दिएको हो।

    कोपा अमेरिका दोस्रो पटक दक्षिण अमेरिका बाहिर हुन लागेको हो। यसअघि कोपा अमेरिकाको सय वर्ष पूरा भएको अवसरमा २०१६ मा पनि यो प्रतियोगिता अमेरिकामै आयोजना भएको थियो।

    पछिल्लो पटक सन् २०२१ मा ब्राजिलमा भएको कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको थियो।

    २०२४ को कोपा अमेरिकासँगै महिला फुटबल र क्लब प्रतियोगिता आयोजनाका लागि कन्मेबोल र उत्तर तथा मध्य अमेरिकी फुटबल संघ कोनकाकाफबीच विभिन्न सहमति समेत भएको छ ।

    जस अनुसार अब हुने कोपा अमेरिकामा टिम संख्या बढाएर १६ पुर्‍याइनेछ। जसमा दक्षिण अमेरिकी १० टिम स्वत छानिनेछन् भने ६ टिम कोनकाकफबाट हुनेछ। टिमको टुङ्गो हुने २०२३-२४ को कोनकाकाफ नेसन्स लिगबाट लाग्नेछ।

    आयोजक भए पनि हालै कतार विश्वकपको अन्तिम १६ मा नेदरल्याण्डसँग पराजित अमेरिका स्वत: छनोट हुनेछैन।

    अमेरिकाले आगामी २०२६ मा मेक्सिकोसँग मिलेर विश्वकप फुटबल आयोजना गर्दैछ।

    यस्तै दुई महादेशको फुटबल संघबीच भएको रणनीतिक साझेदारी अनुसार २०२४ को कोनकाकाफ महिला गोल्डकपमा कन्मेबोलबाट ४ आमन्त्रित टिम हुनेछन्। यसमा कूल १२ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

    यस्तै दुवै महादेशबाट २-२ टिम समावेश गरी २०२४ मा चार टिमको नयाँ क्लब प्रतियोगिता समेत गर्ने भएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा
    सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार
    ताजा अपडेट
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा
    • सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार
    • ती नेपाली कहाँ थिए र ती त सुकुमबासी पो थिए ! ती मान्छे कहाँ थिए र ??? ती त सुकुम्बासी पो थिए :हर्क साम्पाङ
    • दाङमा वर्षौंदेखि कब्जामा रहेका सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.