• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, चैत २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

शिक्षिकाले स्पिरिट खुवाएको आरोप सिराहामा १ जना छात्राको मृत्यु,

"शिक्षिकाले स्पिरिट खुवाएको आरोप सिराहामा १ जना छात्राको मृत्यु, "

  •    संवाददाता/ आइतबार, पुष २४, २०७९  

  •         सिराहामा पानी सोचेर स्पिरिट खाँदा १ जना छात्राको मृत्यु भएको छ। मिर्चैया नगरपालिका-६ स्थित सगरमाथा उच्च माविमा अध्ययनरत १६ वर्षीया सिर्जनाकुमारी महराको मृत्यु भएको हो।

    सिराहा नगरपालिका-११ भलुवाही बस्ने धर्मेन्द्रकी छोरी सिर्जनाकुमारीको उपचारको क्रममा शनिबार राति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास बुढाथोकीले जानकारी दिएका छन्।

    सिर्जनाकुमारीको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा मृत्यु भएको हो। घटना गत शुक्रबार भएको हो। विद्यालयमा गएकी सिर्जनाकुमारीको पेट दुखेपछि औषधि खान खोजेकी थिइन्। सिटामोल खानेक्रममा पानी सोचेर स्पिरिट खाँदा उनी बिरामी परेकी थिइन्। तत्कालै उनलाई फुलकुमारी अस्पतालमा पुर्‍याइएको थियो।

    ‘सिसा सफा गर्ने खालको स्पिरिट रहेछ। पानी सोचेर त्यो खाएको देखिन्छ,’ डिएसपी बुढाथोकीले भने। विद्यार्थीलाई पानी सोचेर शिक्षिकाले नै स्पिरिट दिएको भन्दै मृतकका परिवार, विद्यार्थी र स्थानीय आन्दोलित छन्। प्रहरीले ती शिक्षिकालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

    यता आन्दोलित आफन्त लगायतले उनलाई कारबाही गर्न माग गरेका छन्। आन्दोलनकै क्रममा विद्यार्थीहरूले सडकमा टायर बालेका छन्। यस्तै विद्यालयमा ढुंगामुढा समेत गरेका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    ताजा अपडेट
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार
    • कैलालीमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कासिम अली जागारलाई पक्राउ

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.