आहा राराको सर्वाधिक सफल क्लब नेपाल पुलिस क्लबलाई आज पोखरा रङ्गशालामा अतिरिक्त समयमा २—१ गोलले निरास पार्दै चर्च ब्वाइजले अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।
खेलको पहिलो हाफमा एक गोलले पछि परेको स्थितिमा दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दैै चर्च ब्वाइजले रोमाञ्जक जित दर्ता गर्न सफल भयो ।
खेलको २५ औं मिनेटमा रविशंकर पासवानको गोलमा पुलिसले अग्रता बनायो । निरकुमारले राइले डिबक्स भित्र उपलव्ध गराएको बललाई पुलिसका रविले उत्कृष्ट गोलमा परिणत गर्नुभयो । पहिलो हाफमा अग्रता सहित उत्कृष्ट सुरुआत गरेको पुलिसले दोस्रो हाफमा लय समाउन सकेन ।
खेलको ७६ औं मिनेटमा चर्च ब्वाइज खेलमा फर्कियो । अन्जन विष्टको गोल गरेपछि पछि परेको स्थिति उल्टाउँदै खेल बराबरीमा ल्याउन सफल भयो ।खेलको निर्धारित ९० मिनेटको समयमा दुबैतर्फ एक÷एक गोल भएपछि खेलमा ३० मिनेट समय थपिएको थियो ।
खेलको १०० औं मिनेटमा तेज तामाङको कर्नर बललाई अन्जन विष्टले हेडमार्फत निर्णाय गोल गरी टोलिलाई क्वाटरफाइनलको यात्रा गराउन सफल हुनुभयो । पुसिललाई पराजित गरेको चर्च ब्वाइजले क्र्वाटरफाईनलमा मछिन्द्र फुटबल क्लबसँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ । खेलमा चर्च ब्वाइज अन्जन विष्ट ‘म्यान अफ दी म्याच’ घोषित हुँदै नगद रु आठ हजार पुरस्कार प्राप्त गर्नुभयो ।प्रतियोगिताको विजेताले रु १२ लाख सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले रु छ लाख प्राप्त गर्ने छन् ।
गत वर्षको तुलनामा विजेतालाई रु दुई लाख र उपविजेतालाई रु एक लाख पुरस्कार वृद्धि गरिएको आयोजक सहारा क्लबका महासचिव रामजी प्रसाद अधिकारीले बताउनुभयो । प्रतियोगितामा एक विदेशी सहित नेपालका ए डिभिजजनका क्लब गरी १० टोलीको सहभागिता छ ।