• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, चैत २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आहा ! रारा पोखरा गोल्डकप :चर्च ब्वाइज क्वाटरफाइनलमा

"चर्च ब्वाइज युनाइटेड फुटबल क्लब राजधानी बाहिरको चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । "

  •    संवाददाता/ शुक्रबार, पुष १५, २०७९  

  • आहा राराको सर्वाधिक सफल क्लब नेपाल पुलिस क्लबलाई आज पोखरा रङ्गशालामा अतिरिक्त समयमा २—१ गोलले निरास पार्दै चर्च ब्वाइजले अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।

    खेलको पहिलो हाफमा एक गोलले पछि परेको स्थितिमा दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दैै चर्च ब्वाइजले रोमाञ्जक जित दर्ता गर्न सफल भयो ।

    खेलको २५ औं मिनेटमा रविशंकर पासवानको गोलमा पुलिसले अग्रता बनायो । निरकुमारले राइले डिबक्स भित्र उपलव्ध गराएको बललाई पुलिसका रविले उत्कृष्ट गोलमा परिणत गर्नुभयो । पहिलो हाफमा अग्रता सहित उत्कृष्ट सुरुआत गरेको पुलिसले दोस्रो हाफमा लय समाउन सकेन ।

    खेलको ७६ औं मिनेटमा चर्च ब्वाइज खेलमा फर्कियो । अन्जन विष्टको गोल गरेपछि पछि परेको स्थिति उल्टाउँदै खेल बराबरीमा ल्याउन सफल भयो ।खेलको निर्धारित ९० मिनेटको समयमा दुबैतर्फ एक÷एक गोल भएपछि खेलमा ३० मिनेट समय थपिएको थियो ।

    खेलको १०० औं मिनेटमा तेज तामाङको कर्नर बललाई अन्जन विष्टले हेडमार्फत निर्णाय गोल गरी टोलिलाई क्वाटरफाइनलको यात्रा गराउन सफल हुनुभयो । पुसिललाई पराजित गरेको चर्च ब्वाइजले क्र्वाटरफाईनलमा मछिन्द्र फुटबल क्लबसँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ । खेलमा चर्च ब्वाइज अन्जन विष्ट ‘म्यान अफ दी म्याच’ घोषित हुँदै नगद रु आठ हजार पुरस्कार प्राप्त गर्नुभयो ।प्रतियोगिताको विजेताले रु १२ लाख सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले रु छ लाख प्राप्त गर्ने छन् ।

    गत वर्षको तुलनामा विजेतालाई रु दुई लाख र उपविजेतालाई रु एक लाख पुरस्कार वृद्धि गरिएको आयोजक सहारा क्लबका महासचिव रामजी प्रसाद अधिकारीले बताउनुभयो । प्रतियोगितामा एक विदेशी सहित नेपालका ए डिभिजजनका क्लब गरी १० टोलीको सहभागिता छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    ताजा अपडेट
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार
    • कैलालीमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कासिम अली जागारलाई पक्राउ

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.