• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कोईरालाको वान्स अगेनमा रुपाका जनताको समर्थन

"चुनाव जित्नका लागि मात्र गठबन्धन बनेको होईन । देशको विकास, समृद्धि र स्थिरताको लागि बनेको हो । "

  •    अभियान हाम्रो संवाददाता/ मङ्गलबार, कार्तिक २२, २०७९  

  • पोखरा, कात्तिक

    आगामी मंसिर ४ गते हुने निर्वाचनमा बुढा उम्मेदवारलाई हराउनुपर्छ भन्दै देशव्यापी रुपमा ‘नो नट अगेन’ अभियान सञ्चालन भईरहेको छ । कास्कीमा पनि ठाउँठाउँमा यो अभियान सञ्चालन भईरहेको छ । यसको प्रभाव कास्की–१ को (१) मा पनि पर्न थालेको छ । सो क्षेत्रमा युवा नेता दीपक कोईरालालाई वान्स अगेन भन्दै स्वागत गरिएको छ । चुनावी अभियानका क्रममा रुपा गाउँपालिका वडा नम्बर ३ र ४ मा पर्ने नेपाल पाखा, थुम्का, पोल्याङटार, टाकञ्जा, फईचोक, आरुखर्क, खाल्टे, वायोडाँडा पुग्दा त्यहाँका स्थानियले कोईरालालाई वान्स अगेन भन्दै आगामी निर्वाचनमा जिताउने प्रतिबद्धता जनाएका हुन् ।

    स्थानियले ३० वर्ष अघिदेखि एउटै व्यक्ति चुनाव लडिरहेको र जितेर केहि नगरेको तथा बुढो भईसक्दापनि युवालाई पालो दिनुको सट्टा पद ओगटिरहन चुनावी मैदानमा होमिएकाले त्यस्ता व्यक्तिलाई भोट नदिने बताएका थिए । ‘हामी राजनीतिमा पुस्तान्तरण भएको हेर्न चाहन्छौं । यसपटक बुढा उम्मेदवारलाई ‘नो नट अगेन’ भन्छौं । दीपकलाई वान्स अगेन भन्दै भोट हालेर जिताउँछौं’–उनीहरुको भनाई थियो । उनीहरुले आफूहरुको ठूलठूला माग नभएको बरु सडक, सिंचाई र खानेपानीजस्ता आधारभूत कुराको व्यवस्था गर्न आग्रह गरेका थिए ।

    जवाफमा कोईरालाले आफूले रुपासहित आफ्नो क्षेत्रलाई विकास र समृद्धिमा अघि बढाएर त्यहाँको मुहार फेर्नका लागि भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए । उनले भने,‘आफूले विकासको सिन्कोपनि नभाँच्ने अनि प्रदेशले गरेका कामपनि मैले गरेको भनेर केहि व्यक्तिले प्रचार गरिरहेका छन् । तर प्रदेशबाट बजेट ल्याएर यहाँको विकासमा भूमिका खेल्ने म हो । अब अधुरा योजना पूरा गर्न फेरी एकपटक हजुरहरु सामु आएको छु ।’

    कार्यक्रममा कांग्रेस सहमहामन्त्री जीवन परियारले स्थिरता, विकास र समृद्धिका लागि पाँचदलीय गठबन्धन बनाइएको बताए । उनले भने,‘चुनाव जित्नका लागि मात्र गठबन्धन बनेको होईन । देशको विकास, समृद्धि र स्थिरताको लागि बनेको हो ।’

    कोणसभा अघि उम्मेदवार कोईरालाले रुपा गाउँपालिकाको टाकञ्जामा रहेको सहिद पार्कमा पुगेर सहिदहरुको शालिकमा माल्यार्पण गरेका थिए । सो अवसरमा बोल्दै सहिद बिजय बास्तोलाकी धर्मपत्नी देबी बास्तोलाले सहिदको सपना नभुल्न कोईरालालाई आग्रह गरेकी थिईन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.