पोखरा, १८ कात्तिक ।
गण्डकीप्रदेश सभा क्षेत्र २ ‘ख’का प्रत्यक्ष उम्मेदवार विन्दुकुमार थापाले भलाम बासीको समस्यामा सधैंै साथमा रहने बताएकाछन् ।
पोखरा महानगरपालिका २० भलाममा स्थानीयको समस्या बुझ्दै गर्दा खानेपानीको समस्या रहेको बताए पछि समाधानका लागि पहल गर्ने बताएकाहुन् । स्थानीयले पानीको समस्या रहेको बताउँदै आगामी निर्वाचनमा जितेर उक्त समस्या समाधान गरिदिनअग्रह गरेकाहुन् । स्थानीय हरि खत्रीले आफुहरु खानेपानीका लागि निकै संघर्ष गर्नुपरेको सुनाए । ‘हामीलाई बाटो दिनुभयो भलाममा पनि पिछडिएको क्षेत्रलाई सडक सञ्जालमा जोड्नु भयो अब पानी ल्याइदिनुस्’ उनले भने,‘कामगर्नेलाई नै भन्ने हो अरुलाई भनेर साध्यहुँदैन तपाईँ माथि हाम्रो विश्वास छ ।’
उक्त कुरा सुनेपछिथापाले आफुले सकेको सहयोग सधैंगर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जनताकै लागिआफु पुनःउम्मेदवार भएको बताउँदै हरेक समस्यासंग जुध्ने बताए । थापाले आफुले नयाँपाँच योजना लिएर निर्वाचनमा होम्मिएको समेत बताए । सानो क्षेत्रलाई मात्रनभई समग्र राष्ट्र हितका लागि आफुले योजना अघि सारेको उनले सुनाए ।
गण्डकी प्रदेशमाआफुले उर्जालाई विशेष प्राथमिकता दिएको बताए । उनले गण्डकीप्रदेशमा १२ हजार मेगावटसम्मजलविद्युतनिकाल्न सकिने भए पनि थोरै मात्रामा जलविद्युत निकालिदैँ आइरहेको सुनाए । यस्तै उनलाई मुख्य मन्त्रीको रुपमा हेर्ने चाहानाभएको भलाम बासीले बताएकाछन् । ‘अबको मुख्यमन्त्रीतपाईँ हुनुपर्छ । हामीले सुनेको अरुनै हुन्छन रे त्यसो नहोस् सुभकामना छ ।’८२ वर्षिय वृद्धाले भने ।