• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, कार्तिक २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आकस्मिक रक्तदान आयोजना एभरेस्ट एफ एमद्वारा, १५१ यूनिट रगत संकलन

"एभरेस्ट मिडिया हाउसले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा १५१ यूनिट रगत संकलन भएको छ । "

  •    अभियान हाम्रो संवाददाता/ बिहिबार, कार्तिक १७, २०७९  

  • पोखरा कार्तिक।

    एभरेस्ट मिडिया हाउसले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा १५१ यूनिट रगत संकलन भएको छ । विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रमहरु हुन नसक्दा पोखरामा रगतको अभावलाई पुरा गर्न क्षेत्रीय रक्तसञ्चार केन्द्रको अनुरोधमा एभरेस्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएम ९३ मेगाहर्ज र एभरेस्ट आवाज डटकमको संयुक्तरुपमा आयोजना भएको कार्यक्रममा ३३ महिला सहित १५१ जनाले रक्तदान गरेका हुन् ।

    कार्यक्रममा क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञावलीले पहिलो रक्तदाता पाँच दलिय गठबन्धनबाट नेपाली कांग्रेसका तर्फबाट कास्की ३ (२)का प्रदेशसभाका प्रत्यासी उम्मेदवार प्रकाश बराललाई ब्लड व्याग हस्तान्तरण गरि कार्यक्रमको शुरुवात गरे ।

    कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल ४ नम्वर मुक्तिनाथ बाहिनी, सशस्त्र प्रहरी बल कालिका गण मालेपाटन, नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) गण्डकी, भि.ए.डब्ल्यू , सञ्चारिका समुह, पि.राज ट्रेडर्स, वल्र्ड भिजन, नेपाल यातायत स्वतन्त्र मजुदर संगठन, जिफण्ट, होटल दिदी लगायतले संस्थागत सहभागिता जनाएको मिडिया हाउसका प्रवन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

    कार्यक्रमलाई सफल बनाउन आस्था किड्नी एण्ड स्पेसलाइज्ड हस्पिटल प्रा.लि. पोखरा–११ , समाजसेवी विजय गुरुङ पृथ्वीचोक, बाम्बो क्याटरिङ सर्भिसले सहयोग पु¥यएको एफएमका मार्केटिङ डाइरेक्टर भोला कुमार श्रेष्ठले जानकारी दिए । एफ एम का अध्यक्ष कर्मकुमारी गुरुङले रक्तदाता र सहयोगी सबैलाई धन्यबाद ज्ञापन गर्दै आगामि दिनमा पनि यस्तै सहयोग र समसाथको अपेक्षा राखिन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.