पोखरा
पोखरामा हुँदै नेपाल भौगर्भिक समाजको ३५ औं अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ । जनताको समृद्धि र दिगो विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको, कन्भेनर डा. कविराज पौडयालले बताउनुभयो । डाक्टर पौडयालका अनुसार कार्यक्रममा खनिजको पत्ता लगाई पहिचान उत्खनन गर्नुका साथै प्रयोग गरिने बारे विदेशी र स्वदेशी भुगर्भीक विदहरुको प्रस्तुती रहनेछ । विपद (पहिरो) कसरी रोक्ने, कसरी जानकार हुने र भुकम्पबाट कसरी बच्ने भन्ने बारे, कार्यक्रममा जानकारी दिइनेछ ।
त्यसैगरी हिमतालले निम्त्याएको विष्फोट, वाढी भुक्षयको बारेमा समेत चर्चा गरिनेछ । विहीबार (कात्तिक १६ गते) देखि पोखरा विरौटा स्थित पोखरा ग्रान्डमा सुरु हुने सम्मेलनमा भुटान, पाकिस्तान, वर्मा लगायतका हिमालय श्रिंखलामा पर्ने १६ देशका भुगर्भीक विदहरुको सहभागिता रहने वुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जनाएको छ । तीन दिन सम्म चल्ने कार्यक्रममा १ सय ५० भन्दा वढी कार्यपत्र प्रस्तुति र १२ वटा विशेष वहसमूलक कार्यक्रम रहेको नेपाल भौगर्भिक समाजका अध्यक्ष डा. अनन्तराम गजुरेलले जानकारी दिनुभयो ।
कार्यक्रमको अवसरमा कागवेनी सम्म फिल भिजिट गरिने, गण्डकी प्रदेश संयोजक नवराज न्यौपानेले जानकारी दिनुभयो । उपत्यका वाहिर पहिलो पटक हुन लागेको संमेलनको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्ण चन्द्र नेपालीले गर्नुहुने छ भने, समापन योजना आयोगका सदस्य डा. राम कुमार भुयालले गर्नुहुनेछ । नेपाल भौगर्भिक समाजको सम्मेलन यस भन्दा अघि काठमाण्डौंमा दुइ पटक भइसकेको छ ।