• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, चैत २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

एशिया च्याम्पियनसिपका लागि नेपालबाट ४ खेलाडी छनोट जसमा पोखराका दर्शिल श्रेष्ठ


  •    संवाददाता/ आइतबार, असोज ०९, २०७९  

  • अभियान हाम्रो डट कम

    पोखरा थाइल्याण्डमा आयोजना हुन लागेको आइटिएफ यु–१४ तथा अन्डर डेभलपमेन्ट च्याम्पियनसिपका लागि नेपालबाट ४ खेलाडी छनोट भएका छन् ।नेपालबाट २ महिला तथा २ पुरुष खेलाडी छनोट भएका हुन् ।

    छनोट हुनेमा पोखराका दर्शिल श्रेष्ठ सहित राजवीर प्रधान, प्रशंसा मोक्तान र अद्या पौडेल रहेका छन् ।कोरोना महामारीका कारण २ वर्षदेखी हुन नसकेको च्याम्पियनसिप थाइल्याण्डमा हुन लागेको हो । एशिया लन टेनिसको जुनियर उमेर समुहको वरीयता अंक (रेन्किङ) का लागि हुन लागेको च्याम्पियनसिपका लागि पोखराका दर्शिल श्रेष्ठ छनोट भएका छन् ।

    सन् २०२० मा भएको एशिया अन्तरगतको क्षेत्रीय छनोट प्रतियोगितामा नेपाल समेत छनोटमा परेको थियो । विश्वमा कोरोना महामारी फैलिन थालेपछि खेल हुन सकेको थिएन ।क्षेत्रीय छनोट भइ एशियन च्याम्पियनसिपका खेल्ने अन्तिम राष्ट्रहरुको टुंगो समेत लागेको छ । च्यापम्पियन सिपका लागि १८ राष्ट्रको सहभागिता रहेको छ ।प्रतियोगिताको विजेता तथा उपविजेताले अर्को वर्ष हुने च्याम्पियनसिपका लागि बढुवा पाउनेछन् । यस्तै हार व्यहोरेको खण्डमा रेलिगेशनमा पर्नेछन र पुनः क्षेत्रीय छनोट खेल खेल्नुपर्नेछ ।

    No photo description available.

    आइटिएफ एशिया यु–१४ र अन्डर डेभलपमेन्ट च्याम्पियनसिपको ढाँचा २०२० बाट परिवर्तन गरिएको हो । २०२० मा कोभिडका कारण विश्वमा २ वटामात्रै क्षेत्रीय छनोट प्रतियोगिता आयोजना गरेको थियो । उक्त समय फाइनल खेल रद्ध हुन पुगेको थियो ।अन्तराष्ट्रिय टेनिस महासंघ (आइटिएफ) र एशियन टेनिस महासंघ (एटिएफ) को छलफलले २०२० र ०२१ को क्षेत्रीय प्रतियोगिताको शीर्ष दुइ स्थान हासिल गरेका राष्ट्रलाई च्याम्पियनसिपमा समावेश गराउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार च्याम्पियनसिप हुन लागेको हो ।

    च्याम्पियनसिप थाइल्याण्डको नन्थाबुरी स्थित लन टेनिस कोर्टमा अक्टोबर ३ देखी १३ सम्म हुनेछ । यु–१४ उमेर समुहको ए श्रेणीको च्याम्पियनसिपमा वरीयता अंक प्रदान हुनेछ ।च्याम्पियनसिपमा पश्चिम एशियाबाट जोर्डन, इरान र लेबनान, मध्य एशियाबाट काजकिस्तान, उजवेकिस्तान र किर्गिस्तान, दक्षिण एशियाबाट नेपाल, भारत र श्रीलंका रहेका छन् ।भने पूर्वी एशियाबाट कोरिया, चाइनिज ताइपे, हङकङ, चीन र जापाना, दक्षिण पुर्व एशियाबाट थाइल्याण्ड, मलेसिया,इन्डोनेसिया र भियतनामको सहभागिता रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    ताजा अपडेट
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार
    • कैलालीमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कासिम अली जागारलाई पक्राउ

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.