• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, पुष ०२, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सहकारी विभागले गर्यो निर्देशन जारी घाटामा रहेका सहकारीले लाभांश दिन नपाउने

"सहकारी विभागले गर्यो निर्देशन जारी घाटामा रहेका सहकारीले लाभांश दिन नपाउने "

  •    संवाददाता / मङ्गलबार, साउन ३१, २०७९  

  • सहकारी ऐन २०७४ ले १८ प्रतिशतसम्म लाभांश दिन पाउने व्यवस्था गरेको छ। सहकारी विभागले निर्देशन जारी गर्दै घाटामा रहेका सहकारीले नाफामा सञ्चालन नहुन्जेलसम्म लाभांशका साथै कर्मचारी बोनसको रकम वितरण गर्न नपाउने भनेको छ।

    सञ्चालक समितिको सुविधा कटौती गर्ने, मितव्याविता अपनाएर निश्चित प्रतिशतले प्रशासनिक खर्च घटाउन निर्देशन दिएको छ। घाटामा रहेका शाखा तथा सेवा केन्द्र बन्द गर्ने उपाय अवलम्बन गर्न विभागले निर्देशन जारी गरेको छ।

    मौद्रिक नीतिले निजी क्षेत्रतर्फ १.६ प्रतिशत प्रक्षेपण गरेकाले सहकारी क्षेत्रले दीर्घकालीन स्रोत सुनिश्चित नगरी लगानी नगर्न भनेको छ। कर्जा लगानी गर्दा तत्काल प्रतिफल प्राप्त हुने साना व्यवसायमा लागनी गर्ने र स्थिर सम्पत्तिमा कर्जा लगानी नगर्न भनेको छ।

    कोपोमिसमा अनिवार्य प्रविष्ट विवरण उल्लेख गर्न निर्देशन दिएको छ। सहकारीले ऋण असुली प्रक्रियालाई प्राथमिकता दिई कार्ययोजना बनाएर ऋण असुली गर्नुपर्ने भएको छ।

    कर्जा प्रवाह सञ्चालक समितिको बैठकबाट मात्रै गर्नुपर्ने, एकल निर्णयको जिम्मेवारी र जवाफदेही स्वयंमले गर्नुपर्ने उल्लेख गरिएको छ। संस्थाको अन्तरिक प्रणालीलाई संस्थागत गर्न जोड दिइएको छ। संस्थाको कारोबार सञ्चालन भइरहने व्यवस्था मिलाई संस्थाको क्रियाकलापमा निरन्तरता दिन पनि भनिएको छ।

    तरलताको उपलब्ध, विधि र पद्धति, वित्तीय एवम् संस्थागत क्षमताका आधारमा सहकारीले बचत फिर्ता गर्नुका साथै लाभांश वितरण गर्न सक्ने व्यवस्था गरिएको छ।

    आवधिक र ठूलो बचत संकलन भन्दा नियमित बचतमा जोड दिन विभागले निर्देशन दिएको छ। भुक्तानीको अग्रिम तालिक बनाएर बचत फिर्ता गर्नुपर्ने निर्देशनमा उल्लेख छ।

    सञ्चालक समिति र व्यवस्थापनले आफ्नो संस्थाको वित्तीय विवरण सेयर सदस्यलाई जानकारी गराउनुपर्ने छ। राष्ट्रिय लेखामानअनुरूप लेखापरीक्षण प्रतिवेदन लिनुपर्ने व्यवस्था मिलाउने, यसअघि जारि गरिएका निर्देशन कार्यान्वयन गर्नुपर्ने विभागले भनेको छ।

    सदस्यले संस्थाको यथार्थ जानकारी लिनुपर्ने, कर्जा समयमै चुक्ता गर्ने, नियमित बचत गर्ने, कुनै एक प्रकृतिको संस्थाको सदस्य बन्ने सदस्यलाई निर्देशन जारी गरेको छ।

    विभागले केन्द्रीय संघहरुलाई नियमित सम्पर्कमा रही सदस्यसँग अन्तरक्रिया गर्ने, आबद्ध नभएका सहकारीलाई पनि  विश्वासमा लिई सुशासनमा ल्याउन जोड दिइएको छ।

    सहकारीले कोषको व्यवस्था गर्ने, स्तरीकरणका कार्यक्रम सञ्चालन गर्ने, सहकारी शिक्षा तथा तालिममा जोड दिन निर्देशन दिइएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    ताजा अपडेट
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.