अभियान खबर
बैशाख ,३
पोखरा ९ पृथ्वीचोकमा रहेको कुन्ति मल व्यवसायी समितिले नयाँ वर्ष २०७९ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा रक्क्तदान कार्याक्रममा २६ युनिट रगत संकलन भएको छ ।
उक्त कार्याक्रममा बोल्दै पोखरा महानगरपालिका ९ का अध्यक्ष रामराज लामिछानेले रक्तदान गर्नु नै धर्म रहेको बताए । कुन्ति मल व्यसायीका पनि आफ्नो पिडा रहेको छ । घर बहालकर व्यवसायी संग लिनु पर्ने हाम्रो बाध्यता रहेको बताउनु भयो ।घर बहाल कर घरधनीले नै तिर्नुपर्ने मा अहिले व्यवसायीले तिर्दै आउनु भएको छ ।

रेडक्रसको तर्फबाट अर्जुन ज्ञवाली मानवले मानवलाई सहयोग नगरे नहुने र समाजमा संगठित समूहले नै रक्त दान कार्यक्रम गर्नुपर्ने बताए ।
पतञ्जल योग समिति नेपाल गण्डकी प्रदेश अध्यक्ष रश्मी भण्डारी रक्तदान गर्ने कार्या सबैभन्दा महत्पुर्ण रहेको बाइन । सल्लाहकार जग्दिश प्रसाद अधिकारी रगतको बिकल्प रगत मात्र हुने भएको कारण रक्तदानमा सबै सहभागी हुनुपर्ने बताए । संस्थाका नि वर्तमान अध्यक्ष मुक्ति प्रसाद पनेरूले रक्त दान जीवन दान जीवन दान महादान रहेको भन्दै सहभागी हुन अनुरोध गरे ।
उपाध्यक्ष सुमन राज पौडेल यश भन्दा अघि सरसफाइ कार्यक्रम राखेको र अब आउने दिन हरुमा पनि यस्तै उपलब्धि मुलक कार्यक्रम गर्ने बताउनु भयो । कुन्ति मल व्यवसायी समितिका अध्यक्ष रबिराज घिमिरेको अध्यक्षतामा भएको कार्याक्रम सचिव आचार्यले कार्याक्रम संभालन गरेका थिए ।








