अभियान खबर
बैशाख ,२
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (शुक्रबार) सनराइजर्स हैदरावादले कोलकाता नाइड राइडर्ससँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोली बीचको खेल नेपाली समयअनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ ।
लिगमा ५ खेल खेलेको कोलकाता ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको गुजरातले ५ खेलबाट ८ अंक जोडेको छ । यता हैदरावाद तेस्रो जितको खोजीमा हुनेछ । लिगमा ४ खेल खेलेको हैदरावाद ४ अंक जोडेर तालिकाको आठौं स्थानमा छ ।
आजको खेलमा सहज जित निकाल्दै अंक तालिकामा आफूलाई बलियो बनाउने योजनामा हैदरावाद हुनेछ । हैदरावाद र कोलकाताको यो सिजनको पहिलो प्रतिस्पर्धा गर्न लागेका हुन् ।