चैत २९,
एएफसी फुटसल एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज मंगलबार अफगानिस्तानको सामना गर्दैछ । यसअघिका दुई खेलमा पराजित भएको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा छ ।
किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले आफ्नो अन्तिम खेलमा अफगानिस्तानको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार १ः४५ बजे सुरु हुनेछ । अफगानिस्तान र नेपाल एकै स्तरका टोली हुन् । तर, पछिल्लो समय अफगानिस्तानले प्रदर्शनलाई बलियो बनाएको छ । त्यसैले अफगानिस्तानलाई हराउन नेपाललाई सहज भने छैन ।