• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, माघ ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आज २०७८ साल चैत्र २७ गते आइतबारको राशिफल


  •    संवाददाता/ आइतबार, चैत २७, २०७८  

  • आजको राशिफल बि.सं. २०७८ साल चैत्र २७ गते आइतबार ई.सं.२०२२ अप्रिल १० नेपाल सम्बत ११४२ चौलाथ्व नवमी चैत्र शुक्ल नवमी तिथी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र शुक्ल नवमी तिथी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, सुकर्मा योग,  बालक करण । नेपालमा सूर्योदय बिहान ५: ४४ बजे, सूर्यास्त साँझ ६: २५ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ ।

     

            आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ५५ मिनेट देखि १० बजेर ३० ञमिनेट सम्म छ । आज श्री राम नवमी व्रत परेको छ ।  यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

                                                                         

     

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

    महत्त्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफैंले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । आमा वा घरकी बृद्ध स्त्रीको स्वास्थ्यमा समस्या देखिन सक्छ । आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुलपूजितायै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

    अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ । बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिने छ । आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

    अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धनदाय कुबेराय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

    इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनसक्छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइने छ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको गाँठो कसिएला । कामबाट पनि फुर्सद पाइने छ । प्रशंसकहरू बढ्नेछन् । आक्षेप लगाउनेहरू निष्क्रिय हुनेछन् । आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अञ्जनीसुताय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

    बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । त्यस्तै यात्राका क्रममा अपनाएको सचेतताले ठूलो नोक्सानी हुनबाट जोगिने छ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ प्रां प्रीं प्रौं स: शनैश्चराय नम: न्यूनतम जापसङ्ख्या : २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

    लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । सोचेभन्दा राम्रै लाभ हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सूर्यात्मजाय नम: न्यूनतम जापसङ्ख्या : २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

    कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । विभिन्न अवसरले पछ्याउनेछन् । शत्रुहरू किनारा लाग्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिने छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । रोकिएका काम बन्नेछ । आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ विश्वकर्मणे नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

    सानो प्रयासले भाग्यनिर्माण गर्न सकिने दिन छ । सँगीसाथी र सहयोगीको मद्दतले बिग्रनै लागेको काम पनि बन्नसक्छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रसिद्धि कमाउने र नाम राख्ने कुनै काममा मन जानेछ । गरेको कामले प्रशंसा पाउने छ । दीर्घकालिक फाइदाका लागि मिहिनेत र परिश्रम गर्ने समय छ । आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सुराचार्याय नम: न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

    आजको प्रयत्न निष्फल जस्तै होला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिने छ । विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ । बेसुरमा वचन दिने बानीले दुस्ख पाइने छ । आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नम: न्यूनतम जापसङ्ख्या : २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

    नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । कामका लागि अनुकूल समय छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कामाक्षीदेव्यै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

    मुद्दा–मामिलामा विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । अधिकारका लागि केही संघर्ष पनि हुनसक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने छ । सहयोगीहरू जुट्नाले रोकिएका काम सजिलै सम्पादन हुनेछन् । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनसक्छ । आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : ध्वाँसेरकालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ रां राहवे नम: न्यूनतम जापसङ्ख्या : १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

    धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । सामाजिक उत्तरदायित्व वहन गर्नु पर्नेछ । आँटेका काममा निकै मिहिनेत गरेमा मात्र सफलता हात लाग्नेछ । उद्योग तथा बन्दव्यापारमा सामान्यतया फाइदा नै हुनेछ । प्रेमीरप्रेमिकाका बीचमा मनमुटाव हुनसक्छ । आर्जित वा सञ्चित धन खर्च गर्ने परिस्थिति आउने छ । आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भुवनेश्वर्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.