अभियान खबर
बुबाले बारम्बार आफ्नो ओछ्यान बाहिर मुलगेट छेउको कोठामा सार्नको लागि भनिरहनु भएको थियो। बुबाको कुरा सुनेर छोरा निराश थियो।
बुहारी ससुराको कुरा सुनेर श्रीमान सँग गनगन गर्थिन..कसैले बुढाबुढिलाई कोठा दिदैनन हामिले दोस्रो तलामा अटैज भएको कोठा दिएका छौ.. सबै सुबिधाहरु दिएका छौ , हराम बिराम हेर्ने लुगा फाटो धुइदिने काम गर्ने महिला पनि राखेका छौ। थाहा छैन किन ७८ बर्षको उमेरमा पागल भैरहेका छन् , आउने जाने मुल गेट छेउको कोठामा ओछ्यान लगाइदे भन्दै हुनुहुन्छ?
बुबा कमजोर र बिरामी हुनुहुन्छ ओछ्यान बाट उठ्न पनि सक्नुहुदैन..
छोरा सन्तोष ले सोच्यो जिद्दी गर्दै हुनुहुन्छ , उहाँको ओछ्यान गेट छेउको कोठामा लगाइ दिनै पर्यो । बुबाको इच्छा पूरा गर्दिने उसको स्वभाव थियो।
अब बुबाको ओछ्यान मुल गेट छेउको कोठामा सारिएको छ।
हरेक समय ओछ्यानमा नै ढल्किरहने बुबा , अब गेट गार्डेन वरिपरि हिडडुल गर्न थाल्नुभएको थियो।
केहि समय आगनमा हिड्ने , आगनको दुबोमा खेल्ने
नातिनातिना हरुसँग कुराकानी गर्ने
हास्ने बोल्ने अनि मुस्क्नुराउने गर्नुहुन्थ्यो ।
कहिलेकाही छोरालाई आफुलाई मनपर्ने खानेकुरा ल्याउनको लागि भन्ने गर्नुहुन्थ्यो ।
आफू पनि खाने , छोरा बुहारी र नातिनातिना लाई पनि खुवाउने..
बिस्तार-बिस्तारै उहाँको स्वास्थ्य राम्रो हुँदै थियो।
हजुरबुबा मेरो बल यता फाल्नुहोस् न..
गेट भित्र प्रेबेश गर्दै गर्दा सन्तोष ले ७ बर्षको छोराको आवाज सुन्यो।
त्यसपछि सन्तोष ले छोरा लाई गाली गर्न थाल्यो..
रुपेश हजुरबुबा बूढो हुनुहुन्छ , यस्तो काम आइन्द नलगाउनु..
बुबा। हजुरबुबाले दिनदिनै हाम्रो बल उठाएर हामिलाई दिनुहुन्छ , रुपेश ले भन्यो…
के.. सन्तोषले बृद्ध बुबालाई अचम्म मान्दै हेर्यो..
बुबा: हो बाबू तिमिहरु छोरा बुहारिले मलाई धेरै सुख सुबिधा दियौ माथिको कोठामा । तर आफ्नाहरु नै मेरो साथमा थिएनन् . तिमिहरु सँग कुरा गर्न पाइन.. कोठामा म एक्लै भए।
जबदेखी मुल गेट छेउको कोठामा ओछ्यान सार्दियौ तबदेखी नातिनातिना संग दिनकै कुरा हुन्छ. यिनिहरु पनि हजुरबुबा भन्दै झ्याम्मिदै आउछन् । बेलुका यसैगरी आगनमा खेल्छौ । तिमीहरु बाहिर भित्र गर्दा कुरा पनि हुन्छ ।
बुबाले बोल्दै जानुभयो र सन्तोष ले सोचिरहेको थियो
बृद्धहरुलाई सायद भौतिक सुख सुबिधाहरु
भन्दा बढी आफ्नाहरुको साथ नै आवश्यक हुने रहेछ…
बृद्धहरुको सम्मान गर्नुहोस्
यिनिहरु हाम्रो धरोहर हुन…
यिनिहरु त्यो रुख हुन , जसलाई जिन्दगीको भोगाइले थोरै कोठोर र तितो बनाएका छन् , तर फलहरु निकै मिठा हुन्छन् , र यिनको छाहारी लाई कसैसँग तुलना गर्न सकिदैन ।

लेखक को वाल बाट साभार